कपिलवस्तुलाई नमुना नगर बनाउँछुः विमला घिमिरे


प्रकाशित मिति :2017-05-23 17:14:53

-पार्वती पाण्डे- 

कपिलवस्तु । स्थानीय तहको जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कपिलवस्तुमा नेकपा एमालेले उम्मेदवारहरुको टुंगो लगाइसकेको छ । बाणगंगा नगरपालिकामा मेयरमा विमला घिमिरे र उममेयरमा चक्र अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्णय गरेसँगै उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् ।

मंगलवार वाणगंगा नगरपालिकामा राखिएको एक कार्यक्रममा मेयरकी उम्मेदवार विमला घिमिरेले आफूले निर्वाचन जितेपछि नगरपालिकालाई नमुना बनाउने घोषणा गरेकी छन् । उनले नगरलाई सुन्दर र हराभरा बनाउँदै समृद्ध शहर, लैंगिक हिंसा मुक्त क्षेत्र बनाउने बताएकी छन् । लामो समयदेखि जनताकै काममा लागेकोले भारी मतले उनीहरुले जिताउनेमा आफू विश्वस्त रहेको उहाँको दाबी छ ।

त्यस्तै वडा नं ४ को अध्यक्षमा एमालेले सुर्य कुमारी शाही र मायादेवी गाउँपालिकाको प्रमुखमा पनि फौजिया नसिमलाई उम्मेदवार बनाएकोे छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: