पूर्वकमलरी कौशिला र वसन्तीले गरे उम्मेदवारी घोषणा


प्रकाशित मिति :2017-05-24 14:16:11

महिला खबर

काठमाडौं । पूर्वकमलरी वसन्ती चौधरी र कौशिला चौधरीले जेठ ३१ मा हुने दाेस्रो चरणकाे स्थानीय तहको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोेषणा गरेका छन् ।

मुक्तकमैया, कमलरी तथा हलिया प्रथा उन्मुलनका अभियन्ता  समेत रहेका चौधरी द्धयले नयाँशक्ति पार्टीबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

नयाँ शक्तिले कौशिलालाई कैलालीको गौरीगंगा नगरपालिकाको उपमेयर र वसन्तीलाई कैलारी गाउँपालिकाको वडा नं. ५ को वडा अध्यक्षमा उम्मेदवारी उठाउने नियर्ण गरेको हो ।

कौशिला मुक्तकमैया महिला विकास मञ्च कैलालीकी अध्यक्ष हुन् भने वसन्ती कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष र मुक्तकमैया समस्या समाधान आयोगकी केन्द्रीय सदस्य पनि हुन् ।

उपमेयरका उम्मेदवार कौशिलाले आफु मुक्तकमैया, कमलरी, हलिया लगायत सिमान्तकृत वर्गको हक अधिकारका लागि १९ वर्ष काम गरेको अनुभवले पनि नेतृत्वमा पुग्ने विश्वास गर्नुभयो । ‘मेरो अनुभवमा सीमान्तकृत समुदायको दीगो विकासका लागि उनीहरुलाई बंगुरको पाठा वितरण गरेर हुँदैन, अब नेतृत्वमा पुगेर मात्र नीतिगत सुधार सम्भव देख्छु, त्यसैले मैले उम्मेदवारी दिएकी हुँ।’

अर्का उम्मेदवार बसन्तीले समाज परिवर्तनका लागि उम्मेदवारी दिएकोे वताउनुभयो । वडा अध्यक्ष भएमा स्थानीय विकास र समृद्धिका लागि योगदान दिने उहाले बताउनुभयो ।

चौधरीले भन्नुभयो– ‘राजनीति पेशा होईन सेवा हो, त्यसैले म आफ्नो क्षेत्र र जनताको सेवा गर्न वडा अध्यक्षमा उम्मेदवारी दिएकी हु । ’

कमलरी,हलिया र मुक्त कमैयाको पुनःस्थापना तथा हक अधिकारको क्षेत्रमा काम गरेको भन्दै सन् २०१५ मा कौशिला चौधरी र २०१६ मा वसन्ती चौधरीलाई अन्र्तराष्ट्रिय पुरस्कार ‘एनपिस अवार्ड’ को ‘अनटोल्ड स्टोरी’ अर्थात नभनिएका कथा अन्र्तगत सम्मान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: