महिलाको उम्मेद्वारी उपप्रमुखमा सिमित


प्रकाशित मिति :2017-05-24 15:00:03

-महिला खबर –

काठमाडौं । यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र झापाले एक जना पनि महिलालाई प्रमुख पदका लागि उम्मेद्वारी छनोट गरेको छैन ।

जिल्ला कमिटीको बैठकले जिल्लाका नगरपालिका र गाउँपालिकाहरुमा उम्मेद्वारी छनोट गरेको हो । जसमा नगर तथा गाउँ प्रमुखमा महिला परेका छैनन् । महिलालाई उपप्रमुखमै सिमित बनाइएको छ ।

जस अन्र्तगत बिर्तामोड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपानेलाई छनोट गरिएको छ । न्यौपाने अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष समेत हुनुहुन्छ । दमक नगरपालिकाको उपप्रमुखमा शान्तिदेवी धिमाललाई चयन गरेको छ । धिमाल आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव हुनुहुन्छ ।

यस्तै कमल नगरपालिकाको उपप्रमुखमा गौरी राई, गौरादह नगरपालिकाको उपप्रमुखमा अर्पना राजवंशीलाई उपप्रमुखका लागि छनोट गरिएको छ । गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्षमा कल्पना राई, भद्रपुर नगरपालिकाको उपप्रमुखमा स्वर्णिका सिंहलाई छनोट गरिएको छ ।

मेचीनगर नगरपालिको उपप्रमुखमा इन्दिरा कार्की, कचनकवल गाउँपालिको उपाध्यक्षमा ईश्वरीमाया गाइने र शनिअर्जुन नगरपालिकाको उपप्रमुखमा अस्मिता तामाङलाई उम्मेदवार छनोट गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: