‘काम गर्न भेष बदलें तर, बलात्कारको आरोप लाग्यो’


प्रकाशित मिति :2017-05-24 15:07:12

महिला खबर

पिली हुसेन हीरा भन्दा हजारौं गुणा बहुमूल्य रत्नको खानीमा काम गरेर आफ्नो भविष्य बनाउन चाहन्थिन् । तर, त्यहाँ महिलालाई काम गर्न अनुमति  नभएकोले उनले पुरुषको भेष बदलिन् र झण्डै एक दशकसम्म आफ्ना पुरुष सहकर्मीलाई झुक्याउँदै काम गरिन् ।

काठमाडाै । पिली हुसेन तान्जेनियाको एउटा ठूलो परिवारमा हुर्केकी थिइन् । उनका बाबु एक पशुपालक थिए र उनका धेरै संख्यामा ठूला फार्महरु थिए । पिलीका बाबुका ६ जना श्रीमतीहरु थिए । तिनीहरुबाट जन्मिएका ३८ जना छोराछोरीमध्ये पिली पनि एक थिइन् । उनको हुुर्काइमा परिवारले राम्रै ध्यान दिएका भएपनि पिली आफ्नो बाल्यकाल धेरै उत्साहित भएर सम्झिन्नन् ।

“मेरो बुबाले मलाई छोरा जस्तो व्यवहार गर्नुहुन्थ्यो, मलाई वस्तुभाउ हेर्न लगाउनु हुन्थ्यो । मलाई त्यस्तो खालको जीवन मन पर्दैनथ्यो’, उनी भन्छिन् ।

उनको वैवाहिक जीवन अझ निराशाजनक थियो । ३१ वर्षको उमेरमा नै पिलीले आफूलाई यातना दिने श्रीमान्लाई छोडेर भागिन् । कामको खोजीमा उनी तान्जानियाको सानो शहर मेरेरानी पुगिन् जुन अफ्रिकाको किलिमिन्जारो पहाडको फेदमा रहेको छ । यो विश्वको एकमात्र यस्तो ठाउँ हो, जहाँ दुर्लभ तान्जानाइट भनिने नील हिराको लागि जमिन खन्ने गरिन्छ ।

‘म विद्यालय गइनँ, त्यसैले मसँंग अरु विकल्प थिएन’, पिली भन्छिन्, ‘महिलालाई खानी क्षेत्रमा जान मनाही थियो, त्यसैले मैले साहसपूर्वक एउटा बलियो पुरुषको भेषमा त्यस क्षेत्रमा प्रवेश गरें । एउटा ठूलो पाइन्ट लिएर त्यसलाई छोटो गरी काटेर लगाउँदा तपाईं पनि पुरुष जस्तै देखिन सक्नुहुन्छ । मैले गरेको त्यहि हो ।’

‘म एउटा गोरिल्ला जस्तो व्यवहार गर्थें, म लड्न सक्थें । बोली खराब थियो । साथमा ठूलो चक्कु पनि बोकेर हिंड्थें । भारी बोक्न पनि सक्थें’, उनले भनिन् ।

यो परिवर्तनलाई पूर्णता दिन उनले आफ्नो नाम समेत बदलिन् ।

‘मलाई सबैले हुसेन काका भन्थे, मैले कसैलाई आफ्नो वास्तविक नाम भनिनँ । तपाइँ आज पनि खानीमा गएर मेरो मेरो बारेमा सोध्नु भयो भने काका हुसेन भन्छन्।’

पिली सैयौं मिटर जमिन मुनिको तातो र फोहोर सुरुङ्गमा १० देखि १२ घन्टा काम गर्थिन् । खानीमा खन्थिन् र पत्थर छान्थिन् ।

‘म ६०० मिटर तलसम्म जान्थें, अरु पुरुषभन्दा अझ साहसका साथ काम गर्थें । म निकै बलियो थिएँ र मैले अरु पुरुषहरु भन्दा अपेक्षाकृत रुपमा काम गर्न सफल हुन्थें ।’
पिलीको भनाइमा उनी महिला हुन् भनेर कसैले चाल पाएनन् ।

करिब एक वर्षपछि दुईवटा दुर्लभ जातको हीराको खानी फेला पारेर उनी धनी हुन पुगिन् । त्यसबाट आएको आम्दानीले उनले एउटा राम्रो घर बर्नान् । आमा, बुबा, भाइ, बहिनी र परिवारको लागि घरहरु पनि बनाइ दिइन् अनि, गरिबहरुलाई खानी खन्ने काम लगाउन थालिन् ।

उनको जीवनमा एउटा यस्तो घटनाक्रम आयो जसमा उनको वास्तविक पहिचान उजागर भयो । एउटी स्थानीय महिलाले आफू खानीका कामदारबाट बलात्कृत भएको उजुरी परेपछि पिली पनि बलात्कार गरेको शंकामा समातिइन् ।

‘जब प्रहरी आए, ती बलात्कार गर्ने व्यक्तिहरुले उल्टोे यसरी मलाई दोष लगाए, यो पुरुषले बलात्कार गरेको हो, अनि मलाई पुलिस स्टेसन लगियो’, पिलीले भनिन् ।

उनीसँग आफ्नो रहस्य खोल्नु बाहेक अरु केही विकल्प थिएन ।

उनले आफूलाई निर्दोष प्रमाणित गर्न प्रहरीलाई कुनै महिलालाई लगाएर आफ्नो शरीर जाँच्न माग गरिन् र जाँचपछि मुक्त भइन् । तर, उनका सहकर्मीहरुले धेरै समयसम्म विश्वास गरेनन् कि उनले सबै जनालाई पुरुषको भेषमा लामो समयसम्म आँखामा छाह्रो हालिन् ।

‘उनीहरुले प्रहरीलाई समेत विश्वास गरेनन् जब, उनीहरुले म महिला भएको कुरा बताए’, उनी भन्छिन्, ‘उनीहरुलाई मैले सन् २००१ मा विवाह गरेर परिवार नबनाएसम्म पत्याउन गाह्रो भएको थियो ।’

‘सबैले आफूलाई पुरुषको रुपमा लिएको बेला श्रीमान् पाउनु सजिलो थिएन ।’ तर, पिलीले श्रीमान् पाइन् । ‘श्रीमान्लाई समेत सुरुमा म महिला भएकोमा शंका थियो, के सांँच्चै उनी महिला हुन् ? भन्ने उनको दिमागमा हुन्थ्यो’, उनी सम्झिन्छिन्, ‘करिब पाँच वर्ष लाग्यो उनलाई मसँग नजिकिन ।’

पिली अहिले ७० जना कामदार सहित आफ्नै खानी कारखानामा सफलतापूर्वक काम गरिरहेकी छिन् । कामदारमध्ये ३ जना महिला छन् तर, उनीहरु खाना पकाउने गर्छन् । पिली भन्छिन्, ‘पहिले भन्दा अहिले खानीमा काम गर्ने महिला कामदार बढी छन् तर, पुरुषको तुलनामा थोरै छन् ।”

‘केही महिला ढुंगा सफा गर्छन्, कोही खाना बनाउँछन् भने केही ब्र्रोकर छन्’, उनी भन्छिन, ‘तर, उनीहरु खानीभित्र जांँदैनन् । त्यहाँ जान र काम गर्न सजिलो छैन, जसरी म गएँ ।’
पिलिको सफलताले उनका ३० जना भतिजा, भतिजीहरु र नातिहरुलाई पढाइ खर्चमा सहयोग मिलेको छ । सफलताको बाबजुद उनी आफ्नो छोरीलाई आफ्नो पदमार्गमा हिँड्न हौसला भने दिन्नन् ।

‘म आफ्नो पेशाप्रति गर्व गर्छु । यसले मलाई धनी बनायो तर, यो गाह्रोपनि थियो ।’
पिली भन्छिन्, ‘म मेरी छोरी विद्यालय गएको, शिक्षा हासिल गरेको र मेरो भन्दा धेरै भिन्दै किसिमले, छुट्टै अनुभवले आफ्नो जीवन बिताएको हेर्न चाहन्छु ।’

साभारः बीबीसी समाचार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: