एकै याममा दुईपटक सगरमाथा आरोहण


प्रकाशित मिति :2017-05-24 15:38:52

-महिला खबर-

काठमाडौं । भारतीय महिला अंशु जम्सेन्पाले एकै याममा दुईपटक सगरमाथा आरोहण गर्नुभएको छ । ३७ वर्षीय अंशुले यही जेठ २ र ७ गते एकै साता दुई पटक सगरमाथा सफल आरोहण गर्नुभएको हो । उहाँले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसन मार्फत आधार विशिर पुग्नुभएको थियो ।

अंशुले दुईपटक आरोहणका लागि २२ हजार डलर पर्यटन विभागमा बुझाउनुभएको विभागले जनाएको छ । अंशु यो याममा दुईपटक आरोहण गर्ने र छोटो समयावधिमा आरोहण गर्ने एक मात्र आरोह बन्नुभएको छ । भारतको अरुणाञ्चल प्रदेशकी अंशुले यसअघि सन् २०११ मा समेत १० दिनको अन्तरालमा दुई पटक सगरमाथा आरोह गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: