पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारवार्ही गर्न संचारिकाको माग


सुरक्षाको माग गर्दै पौडेलद्वारा जाहेरी दर्ता

प्रकाशित मिति :2017-05-25 13:22:43

महिला खबर

काठमाडाै‌ । कास्कीका पत्रकार महिलालाई समाचार लेखेकै आधारमा सामाजिक सञ्जाल फेसमबुकमा ‘कार्की कार्की’ नाम गरेका व्यक्तिले सार्वजनिक रुपमा ज्यान लिने धम्की दिएकोप्रति सञ्चारिका समूह नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

उनले फेसबुकमार्फत कास्कीका पत्रकार महिलालाई स्वगिर्य पत्रकार उमा सिंह बनाइदिने धम्की दिएका हुन् । फेसबुकमा ‘कार्की कार्की’ नाम भएपनि उनको वास्तविक नाम वसन्त कार्की रहेका पत्रकारहरुले जनाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थायी घर भएका उनी हाल क्यानडामा बस्दै आएका छन् । स‌चारिकाले पेशागत धर्म निर्वाह गर्दै आएका पत्रकार महिलालाई निकृष्ट भाषा प्रयोग गरी ज्यान समेत लिने धम्की दिएका कार्कीलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन सम्बिधत निकायलाइ माग गरेकाे छ ।

उनले सामाजिक सञ्जालमा निकृष्ट भाषा प्रयोग गरि ज्यान लिने धम्की दिएको विरुद्ध सञ्चारिका समूह पश्चिमाञ्चलकी पूर्व अध्यक्ष सुष्मा पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा साइबर क्राइम मुद्धा समेत दर्ता गराएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख घनश्याम अर्यालले गल्ती गर्नेलाई कुनै हालतमा नछोड्ने प्रतिवद्धता व्यक्त गर्दै तत्काल अनुसन्धान थालिने बताउनुभएकाे छ । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले कुनै पनि पत्रकारलाई समाचार लेखेकै भरमा ज्यान मार्ने धम्कीविरुद्ध महासंघले कडा प्रतिरोध गर्ने बताउँदै सरकारसमक्ष पत्रकारको सुरक्षाको माग गनुृभएकाे छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: