पत्रकार खड्कालाई दक्षिण एसियाली लाड्ली अवार्ड


प्रकाशित मिति :2017-05-25 16:37:10

महिला खबर

काठमाडाै‌ । पत्रकार रामकला खड्का पहिलाे दक्षिण एसीयाली लाड्ली मिडिया एण्ड एडभरटाइजिड अवार्डबाट पुरस्कृत हुनुभएकाे छ । भारतमा लैंगिक समानताका लागी काम गर्दै आएको संस्था पपुलेसन फ़स्टले विगत १० बर्षदेखी आयोजना गर्दै आएको यो पुरस्कार पहिलो पटक लैंगिक सचेतनाका लागी क़लम चलाउँदै आउनुभएकी एसियाली मुलुकका पत्रकारहरुलाई वितरण  गरीएको हो ।

करिब दुई दशकदेखि पत्रकारिता सक्रिया हुँदै अाउनुभएकी खड्का हाल अन्नपूर्ण दैनिकमा बरिष्ठ संंवाददाताका रुपमा कार्यरत हुनुहुन्छ । संचारिका समूहकी सदस्य समेत हुनुभएकी खड्काले यसअघि मानव बेचविखन  महिला तथा बालबालिका मन्त्रालय नेपाल स्काउट लगायतका दजर्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । सो अवार्ड गत शुक्रबार मुम्बाइकाे टाटा र‌गशालामा सांसद एवमं लेखक शशी थरुरले प्रदान गर्नुभएको थियाे ।

खड्कासगैँ समाचार, लेख रचना, पुस्तक, बिज्ञापन, चलचित्र लगाएतका माध्यमबाट लैंगिक समानताका लागी आवाज़ उठाउँदै आएका भारतीय पत्रकार, बिज्ञापन एसेन्सी चलचित्र लेखकलाई समेत सम्मान गरिएकाे थियाे ।

भारतीय टेलिभिजन च्यानल कलर्स र युएनएफपिएको सहकार्यमा भएको कार्यक्रममा संस्थाकी निर्देशक डा. ए.एल. सारदाले दक्षिण एसियाली मुलुकहरुमा एकै प्रकृतिका ईतिहास संस्कृति र मुल्य मान्यता हुनेहुनाले लैंगिक समानता मुलक समाज गठन गर्न सबै एक भएर अगाडि बड्न आग्रह गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: