मेलुङ गाँउपालिकाको उपप्रमुखमा कल्पना भण्डारी


प्रकाशित मिति :2017-05-26 10:18:05

सर्मिला बुढाथोकी

दोलखा । मेलुङ गाँउपालिकाको उपप्रमुखमा नेकपा एमालेको उम्मेदवार कल्पना भण्डारी विजयी हुनु भएको छ । भण्डारीले ४४९५ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर कार्कीलाई पराजित गर्नु भएको थियो ।

मेलुङ गाँउपालिका वडा नम्बर १ पवटीमा गत बैशाख ३१ गते मतदानको बेला मत पेटिका लुटिएपछि जेठ ६ गते पुनः मतदान भएको थियो । मेलुङ गाँउपालिकाको प्रमुखमा पनि एमालेकै उम्मेदवार नरबहादुर श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले नेपाली कांग्रेसको उम्मेदवार वर्मा लामालाई पराजित गर्नु भएको थियो ।

७ वटा वडा भएको मेलुङ गाँउपालिकाको वडा नम्बर १, २, ३ र ७ मा एमालेको उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ४ र ६ मा नेपाली कांग्रेस र वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: