पोखरा-लेखनाथ महानगरको पहिलो उपमेयरमा मञ्जु गुरुङ


प्रकाशित मिति :2017-05-26 12:46:13

जमुना वर्षा शर्मा

पोखरा । देशकै ठूलो महानगरपालिका पोखरा-लेखनाथ महानगरपालिकामा नेकपा एमालेकी मञ्जु गुरुङ भारी मतले उपमेयरमा विजयी हुनुभएको छ ।

महानगरकोे ३३ वडाको शुक्रबार भएको मत नतिजा घोषणा संगै मञ्जु गुरुङ ५६ हजार ४ सय ४८ मतका साथ पोखरा लेखनाथ महानगरपालिको पहिलो महिला उपमेयर हुन सफल हुनु भएको हो । उहाँका प्रतिद्धन्दी का‌गेंसकी सरस्वती गुरुङ ४४ हजार ३ सय ३८ मत प्राप्त गर्नु भएको थियो ।

मञ्जुले १२ हजार १ सय १० मत अन्तरले विजयी हासिल गर्नु भएको हो ।

निर्वाचित गुरुङले आफुलाई अमूल्य मत प्रदान गरी विजयी गराउने मतदातालाई धन्यवाद दिदै उनीहरुको भावना अनुरुप पोखरा लेखनाथको वृहत्तर विकासमा साझा प्रतिनिधि भएर काम गर्ने बताउनुभयो ।

महानगरको प्रमुखमा नेकपा एमालेकै मान बहादुर जि.सीले ६० हजार ११८ मत प्राप्त गरी देशकै ठूलो महानगरको प्रमुख बन्न सफल हुनु भएको छ । उहाँका प्रतिद्धन्दी  नेपाली काँग्रेसका रामजी कुँवरले  ४६ हजार ४ सय १६ मत प्राप्त गर्नु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: