‘उनको मन शुद्ध छ, त्यो नै महत्वपूर्ण हो’ – एसिड आक्रमण पीडितका पति


प्रकाशित मिति :2017-05-26 15:55:33

महिला खबर

काठमाडौं । ‘थाहै थिएन गलत नम्बर डायल गर्दा मेरो जीवनमा ठूलो परिवर्तन आउँछ भनेर,’ एसिड आक्रमणबाट पिडित ललिता बेनबासीको भित्री सुन्दरताको बखान गर्दै राहुल कुमारले भने ।

ललिता बेनबासी र राहुल कुमारले दुईदिन अघि भारतको मुम्बाई शहरमा विवाह गरे ।

अजमगढ, उत्तर प्रदेशका २६ बर्षिया ललितामाथि व्यक्तिगत दुश्मनीका कारण उनको आफ्नै नातेदारहरुले उनीमाथि सन् २०१२ मा एसिड आक्रमण गरेका थिए । विवाहअघि उनले १७ वटा सर्जरी गराइन् । विवाहपछि पनि फेरि उनको उपचार शुरु हुनेछ ।

ललिता र राहुलको सम्बन्ध कुनै बलिहुडका कथा भन्दा कम छैन । गलत नम्बरको डायलिङ्गबाट प्रेमको शुरुवात भयो र उनीहरुबीच प्रेमको फूल पलायो र विवाह गर्ने निर्णयमा पुग्यो । २७ वर्षिय राहुल मलाडमा एक सीसीभी अपरेटरको रुपमा काम गर्छन् ।

ललिताले भनिन्, ‘म धेरै खुशी छु । मैले कहिल्यै सोचेकी थिइनकी राहुलले मेरो सत्यता थाहा पाएर पनि मसँग विवाह गर्न तयार हुनेछ ।’ राहुलले ललिताको भित्री सुन्दरताको प्रशंसा गर्दै भने, “उनको मन शुद्घ छ । त्यो नै महत्वपूर्ण कुरा हो ।” केही अलग गरेर देखाउनु राहुलको सपना थियो । उनले भने, ‘यसमा मरो आमा लगायत सम्पूर्ण परिवारले साथ दिए । थाहा थिएन गलत नम्बर डायल गर्दा मेरो जीवनमा यत्रो ठूलो परिवर्तन आउँछ भनेर ।’ ललिताको पुर्नस्थापनाका लागि कम गरिरहेको साहस फउन्डेसन फ्mिल्म उद्योग सहायता गर्न अघि बढेको देख्दा उत्साहित छ ।

थाने भन्ने ठाउँमा भारतीय अभिनेता बिवेक ओबराएले उक्त जोडीलाई अपार्टमेन्ट (बस्ने ठाउँ) उपाहर दिए । डिजाइनर अबु जानी र सन्दीप खाेंसलाले ललितालाई हार तथा विवाह लगाउने पोशाक उपाहर दिएका छन् । ‘म उनीहरु दुवै जना खुशी रहून् भन्ने चाहन्छु । राहुलले ललितालाई मनदेखि नै माया गर्छन् । उनीहरु भन्छन् कि उनीहरुको कथा फिल्मी जस्तो छ । गलत नम्बर डायल गरेर बनेको सम्बन्ध वैवाहिक जीवनमा परिणत भयो । उनीहरु अब नयाँ जीवन शुरु गर्दै छन् ।

मैले उनीहरुलाई साहस फौन्डेशनद्वारा आयोजित सचेतना कार्यक्रममा भेटेको थिएँ,’ ओबराए भन्छन् । बलिहुड कलाकार ओबराए उनीहरुलाई सुखी जीवनको कामना गर्दछन् ।
साभारः द टाइम्स् अफ इन्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: