रेणु १७ सय मतअन्तरले पछाडि


प्रकाशित मिति :2017-05-26 16:56:43

महिला खबर

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री एवं माओवादी केन्द्रका रेणु दाहाल १७ सय बढी मतअन्तरले पछाडि परेकी छन् ।

एमालेका उम्मेदवार देवी ज्ञवालीसँग प्रतिस्प्रर्धामा उत्रिनुभएकी दाहालको शुरुका दिनमा भएको मतगणनामा कडा प्रतिस्प्रर्धा देखिएपनि अन्तिम घडीमा धेरै मतअन्तर देखिन थालेको हो ।

१ हजार ७३६ मतले पछाडि पदै रेणुले ३३ हजार ८ सय ५२ मत प्राप्त गर्नुभएको छ भने देवीले ३५ हजार ५ सय ८८ मत प्राप्त गरिसक्नु भएको छ । अहिलेसम्म २२ वडाहरुको मत गणना भैसकेको छ । अब ७ वटा वडाहरुको मत परिमाण आउन बाँकी रहेको हाम्रा सहकर्मी सिर्जना अर्यालले जानकारी दिनुभएको छ । मत अन्तर धेरै देखिएपनि वडा नं.१७, १८, १९, २०, २१, २१ र २३ को मत परिमाण आउन बाँकी रहेकाले अझै जित कसको पोल्टामा पर्ने हो भन्ने अवस्था छैन ।

पहिलो चरणको निर्वाचन अन्र्तगत चार महानगरपालिका मध्ये पोखरा र ललितपुरको नतिजा सार्वजनिक भैसकेको छ । पोखरामा एमालेका मान बहादुर जिसी र ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन विजयी भैसकेका छन् ।

अब काठमाडौ महानगरपालिका र भरतपुर महानगरपालिकाको मेयरमा कसको जित होला, जनता अन्तिम मतगणनाको प्रतिक्षामा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: