इज्जतको डरले पिडा लुकाउँदै महिला


हिंसाको कारक मदिरा

प्रकाशित मिति :2017-05-27 09:34:43

पार्वती पाण्डे

कपिलवस्तु । श्रीमानले लागु औषध र रक्सी सेवन गरि गाली गलौच गरेपछि रुपन्देहिकि नाम परिवर्तन सानुमाया चार वर्षको छोरालाई छोड्न विवस छिन । श्रीमानकै यातनाका कारण उनी घर छोडी माइतीको सहारा लिदै आएकि छन् । २०६८ सालमा रुपन्देहिमा वैवाहिक बन्धनमा बाधिएकी उनले जिन्दगी यहाँसम्म पुग्ला भनेर कल्पना समेत गरेकी थिइनन् ।

१८ वर्षको कलिलो उमेरमा उनको मागि विवाह भयो । एक दुई वर्ष राम्रै भयो । श्रीमान पर स्त्रीसंग लाग्ने, लागुऔषध खाने र मदिरा सेवन गर्न थालेपछि उनलाई निकै गाह्रो भयो । उल्टै श्रीमतीमाथि शंका गर्ने गर्न थाले । यस्तो नगर्न भन्दा उल्टै गाली गर्ने पिटने गर्न थाले । विवाह भएको दुई वर्षमा छोरा जन्मियो । श्रीमानको गतिविधिले सानुमायालाई सहनै नसक्ने भयो । जीवनमा नसोचेका दिनहरु शुरु हुन लागे । श्रीमानलाई सुधार्न धैरै प्रयत्न गरिन उनले तर सकिन । घरपरिवारले ठिकै गरे पनि श्रीमानकै कारण उनको उठि बास भयो ।

तर पिडा जति भएपनि इज्जतको डरले उनी सार्वजनिक हुन चहान्दिनन् । समाजले के भन्लान् उनी अझै डर मान्छीन् । छोराको कुरा गर्दा उनी भक्कानो छोडेर रुन्छिन । श्रीमानलाई राम्रो बनाउन धैरै कोशिस गरे तर सकेन । उनले भनिन् । घरमै बस्न सक्ने स्थिति नभएपछि अहिले सानो छोरालाई छाडेर माइतीमा बस्दै आएको उनी बताउछिन् । धेरै सम्पति नभएपनि भएको अंश माग्दा पनि नदिएको उनले दुखेसो पोखिन् । उनलाई न्याय कसरी पाइन्छ थाहा छैन । आफ्नो सन्तानबाट टाढा हुनुपरेको पिडा त छदैछ, गुजारा चलाउन समेत गाह्रो भएको उनले बताइन् ।

कपिलवस्तुकी नाम परिवर्तन मनकलीले आज भन्दा १० वर्ष अगाडि आफु खुशी विवाह गरिन् । स्नातकसम्म पढेकी उनले आफैले जिन्दगी बिताउने भनी सहमतीका साथ विवाह गरे । विवाह भएको एक महिना सम्म त ठिकै भयो । त्यसपछि श्रीमानले मदिरा सेवन गरि गाली गलौंच गरि मानसिक तनाब दिन शुरु गरे । कसैसँग बोल्दा पनि शंका गर्ने, विभिन्न आरोप लगाउने जस्ता कुराहरुले उनलाई हदै सम्म पिडा भयो । माइतमा सम्पन्न परिवारकि छोरी रामै्र शिक्षा हासिल गरेकि र आफैले मन पराएर विवाह गरेकि मनकली श्रीमानले दिएको पिडाले छटपटिमा परेकि छन । विवाह भएको २ वर्षमा छोरा जन्मिए । अहिले छोरा ८ वर्षको भैसके । श्रीमानको यातना अझै यथावत् छ ।

साँझ परेपछि उनलाई सधै गाली खानुपर्छ । विवाह भएको ९।१० वर्ष भएपनि सामाजिक बन्धन तोड्न नसक्दा उनी श्रीमानको विरुद्ध उजुरी गर्न सकेकी छैनन् । इज्जत जान्छ भन्ने डरले उनी बर्षौदेखि श्रीमानको यातना खेप्दै आएकि छन । कपिलवस्तुकै नाम परिवर्तन सुनिता पनि इज्जतकै डरले पिडा खेपीरहेकि छन । सधै अपशब्दहरु सुन्नुपर्छ, दिनहु रुनु पर्छ तर पनि समाजकै कारण श्रीमानलाई विरुद्ध जान सक्दैनन् ।

उनीहरु प्रतिनिधि पात्र हुन् । मदिरा सेवन गरि दिनहूँ यातना दिइरहेपनि सामाजिक मान्यता कायम राख्न धेरै महिलाहरु हदै सम्मको पिडा खेप्न बाध्य छन् । पिडा भएपनि समाजको डरले प्रहरीमा पुग्दैनन्, पुगेपनि अन्तिम अवस्थामा मात्र पुग्ने गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसर आर्थिक वर्ष २०७०/० ७१ मा घरेलु हिंसा २१४, लैंगिक हिंसा २ सय ६३ रहेका छन । त्यस्तै ०७१/०७२ मा प्रहरीमा आएका १ सय ७६ घरेलु हिंसा र १ सय ४९ लैंगिक हिंसाका घटना रहेका छन । चालु आवका त्यस्ता उजुरी १ सय ४१ उजुरी परेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका महिला सेल प्रमुख इन्दीरा गिरीका अनुसार अधिकांस घट्ना श्रीमान बाटै पिडित बनेको देखिन्छ । श्रीमानले मदिरा सेवन गरि गाली गलौच गर्ने, कुटपिट गर्ने, विवाह दर्ता र नागरिकता नबनाईदिने जस्ता उजुरी परेका छन् ।

विभिन्न संघसंस्थाले गरेको सचेतीकरण र प्रहरीको सक्रियताले महिलामाथि हुने हिंसाका उजुरीहरु केहि घटेको प्रहरीको दाबी छ । तर पनि हिंसामा परेका धैरै घट्नाहरु इज्जतकै डरले महिलाहरुले पिडा दबाएर राख्ने गरेको उनीहरुको भनाई छ । समस्या कम गर्न महिला र पुरुष दुवैलाई राखेर सचेतीकरण गर्नु पर्ने कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: