काठमाडौं महानगरपालिकाको उपमेयरमा हरिप्रभा खड्की


प्रकाशित मिति :2017-05-28 10:10:09

-महिला खबर-

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की निर्वाचित हुनुभएको छ । खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गर्नुभएको थियो ।  यो अहिले सम्मकै ठूलो मतान्तर हो ।

१३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएपनि औपचारिक घोषणा आज विहान मात्र भएको हो ।

मेयरमा भने नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै तेस्रो स्थानमा रहनुभएकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत ल्याउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: