तीन वटै महानगरपालिकाका उपमेयरमा महिला


प्रकाशित मिति :2017-05-28 12:54:40

-सन्दिप वि.क-

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनका चार महानगरपालिका मध्ये तीन महानगरपालिकाको उपमेयरमा महिला विजयी भएका छन् । मेयरमा पुरुष आएपनि उपमेयरमा भने भारी मतका साथ महिलाहरु निर्वाचित भएका हुन् ।

काठमाडौं महानगरपालिका

ठूलो मतान्तरले पराजित गर्दै काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठलाई २४ हजार ९८ मतान्तरले पराजित गर्नुभयो । यो पहिलो निर्वाचनमा सवैभन्दा ठूलो मतान्तर हो । खड्गीले ५८ हजार ९५२ मत ल्याउनुभएको थियो भने श्रेष्ठले ३४ हजार ८५४ मत ल्याउनुभएको थियो ।

ललितपुर महानगरपालिका 

ललितपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल निर्वाचित हुनुभएको छ । उहाँले १९ हजार ८१९ मत ल्याउनुभएको थियो भने प्रतिस्पर्धी साझा पार्टीका तर्फबाट शोभा शाक्यले १४ हजार ४३३ मत ल्याउनुभएको थियो ।

पोखरा लेखनाथ महानगरपालिका

पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा एमालेकी मञ्जु गुरुङ विजयी हुनुभएको छ । मञ्जुले ५६ हजार ४ सय ४८ मत ल्याएर उपमेयरमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्दी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याउनुभएको थियो ।

भरतपुर महानगरपालिकाको मत परिणाम भने आउन बाँकी रहेको छ । चार महानगरपालिका मध्ये भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल र काठमाडौंमा विवेकशील पार्टीकी रञ्जु दर्शना मेयरका प्रतिस्प्रर्धा हुन् ।

रञ्जु ससम्मानित मतका साथ तेस्रो स्थान लिएर पराजित भैसक्नुभएको छ भने रणु प्रतिस्प्रर्धाको मैदानमै हुनुहुन्छ । उपमेयरमा भने महिला नै आउने सुनिश्चित छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: