महिला खबर
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नवनिर्वाचित उपमेयर मञ्जु गुरुङले पोखरा महानगरलाई हिंसामुक्त र महिलामैत्री शहर बनाउने उद्घोष गर्नु भएको छ ।
नेकपा एमालेद्धारा आयोजित विजयोत्सव समारोहमा बोल्दै गुरुङ्गले महानगरमा हेल्पलाइन डेस्क स्थापना गरी हिंसामुक्त बनाउने र महिलामैत्री शहरको रूपमा परिचय थप्ने बताउनु भयो ।
उहाँले विश्वको सुन्दर सहर मध्ये एक सहर पोखरा लेखनाथलाई पर्यटन सिटिको रूपमा विस्तार गर्न प्राकृतिक, धार्मिक र सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा जोड दिने बताउनु भयो ।
गुरुङ्गले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै महानगरको समृद्धि र विकासका लागी भ्रष्टाचारमुक्त, प्रविधिमैत्री, युवा उद्यमीमैत्री विकासलाई प्राथमिकतामा राखेर हरियाली, सफा र सुन्दर सहर बनाउन लागि पर्ने बताउनु भयो ।
उहाँले जनताको घर दैलोमा पुगेर गरेका प्रतिवद्धतालाई खेर जान नदिने भन्दै आफू अब साझा जनप्रतिनिधि भएर काम गर्ने बताउनु भयो । ‘म अब कुनै पार्टी विशेषको जनप्रतिनिधि मात्रै होइन, सम्पूर्ण महानगरबासिको साझा जनप्रतिनिधि हुँ’ गुरुङले भन्नुभयो ‘यो सहरको विकासको जिम्मा हामीसबैको हो, हामी सबै राजनैतिक दलसँग सहकार्य गरेर अघि बढ्छौ र नमुना योग्य सहर बनाउने छौ ।
Comment Here!