अमेरिकामा नेपाली भाषा कक्षा


स्वदेशप्रतिको माया र प्रेम कति गहिरो हुन्छ भन्ने कुरा विदेश पुगेका नेपाली माझ पाउन सकिन्छ ।

प्रकाशित मिति :2017-05-29 09:30:28

प्रेमकुमारी घले

वोस्टन । स्वदेशप्रतिको माया र प्रेम कति गहिरो हुन्छ भन्ने कुरा विदेश पुगेका नेपाली माझ पाउन सकिन्छ । यस्तै उदाहरण बनेको छ बोस्टन तमु समाज र बोस्टनमा बस्दै आएका नेपालीहरू । उनीहरूले आफ्नो जन्मभूमि नेपाल र नेपालीका लागि आर्थिक र नैतिक साथ, समर्थन र सहयोग मात्र गरेका छैनन्, भावी पुस्ताका लागि नेपाली भाषा र संस्कृति जर्गेना गर्ने काम पनि गरिरहेका छन् ।

रोजगार र अध्ययनको सिलसिलामा अमेरिका पुगेका गुरुङ समुदाय मात्र नभएर आम नेपालीहरूको सन्ततीलाई नेपाली भाषा र संस्कृति सिकाउने उदेश्यले बोस्टनमा विगत ३ बर्षयता नेपाली कक्षा संचालन भैरहेको छ । हरेक आइतबार ३/३ घण्टा संचालन हुने कक्षामा अहिले ८१ जना बालबालिका नेपाली भाषा र संस्कृति सिकिरहेका छन् । अभिभावकहरु पनि स्वमसेवी बनेर आफ्ना बालबालिकालाई सामूहिक रूपमा सिकाइरहेका छन् । ‘हामी मध्ये आ–आफ्नो क्षेत्रमा अनुभव र ज्ञान भएकाहरुले स्वमसेवी रूपमा बालबच्चाहरुलाई भाषा र संस्कार सस्कृति सिकाउछौं ।’ बोस्टन तमु समाजका संस्थापक अध्यक्ष एवं गैरआवसीय नेपाली राष्टिय परिषद अमेरिकाका निर्वाचन आयुक्ता भुवन गुरुङले भन्नुभयो ।

इन्जिनिरिङ अध्ययनका लागि विश्वकै एक उत्कृष्ट म्यस्च्युसीट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरूले भाषा कक्षाका लागि स्थान उपलब्ध गराएको छ । जहाँ नेपाली विद्यार्थीहरूको समूह ‘मितेरी’का युवाहरूले भाषा कक्षामा समेत स्वमसेवी शिक्षकको भूमिका निर्वाह गरिरहेको बोस्टन तमु समाजका अध्यक्ष सम्झना गुरुङ श्रेष्ठले बताउनुभयो । उहाँ आफै पनि स्वमसेवी शिक्षिका हुनुहुन्छ । उहाँ लगायत प्रविन राई, परसुराम फुयाल, सुनिता कार्की केसी, जक गुरुड, तेजु गुरुङ, संजय ढुंगना, सेलिए पौडेल, सुरज गुरुड, सचिन श्रेष्ठ, निरा गुरुड, शम्भु कोइराला, सुमन नेपाल, भुवन गुरुड, मीन गुरुङ, सुन्दर गुरुङ, पेमला खेदुप, सूर्य त्रिपाठी, नित्य शर्मा, मिलिसा पौडेल, विष पाण्डे लगायतले पढाउने, विभिन्न तालिम प्रदान गर्ने र अन्य व्यवस्थापनमा स्वमसेवी  भूमिका निर्वाह गरिरहनुभएको छ ।

रोजगार र अध्ययनका लागि विदेश आउनुपरेपनि आफ्नो भाषा, संस्कृति जोगाउन यस्तो अभियान संचालन गरेको उनीहरूको भनाई छ । आधारभूत, मध्यम र उच्च गरी ३ तहमा अध्ययन गराइरहेको भाषा कक्षामा बालबालिकाहरुलाई नेपाली भाषाका साथै नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता जाति विशेषको संस्कार, संस्कृतिबारे जानकारी दिने र खेलकुद, स्वास्थ्य, मनोरञ्जन लगायतका गतिविधि समेत संचालन गरिरहेको बोस्टन तमु समाजका महासचिव मीन गुरुङले बताउनुभयो ।

शैक्षिक सामाग्रीका लागि समरभिले सिटी सरकारले कक्षा सञ्चालन गर्दा २ हजार डलर उपलब्ध गराएपनि त्यसयता सबैले स्वमसेवी रूपमा सहयोग गरिरहेको अध्यक्ष गुरुङले बताउनुभयो । बालबालिकालाई स्टेसनरी, खाजा र अन्य आवश्यक सामाग्री पनि उनीहरू आफैले जुटाइरहेका छन् ।

बालबालिकाहरुले भाषा सिक्ने मात्र नभएर नेपालप्रतिको माया र सदभाव बढाउन समेत टेवा पुगेको उनीहरूको बुझाई छ । अब भाषा कक्षालाई थप व्यवस्थित रूपमा अगाडि बढाउने उनीहरूको योजना छ ।

Photo by: @parmi tamu

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: