निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछः राष्ट्रपति भण्डारी


प्रकाशित मिति :2017-05-29 10:55:02

-महिला खबर-

काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुँद र संस्थागत गर्न मद्धत पुर्याउने र अब हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

दशौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने भन्नुभएको छ । भण्डारीले लोकतन्त्रको स्थापनाका लागि पटक-पटक भएका आन्दोलन तथा विभिन्न आरोह-अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको बताउनुभयो ।

भण्डारीले दशौँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण ज्ञात-अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: