वडामा पाँचै जना महिला उम्मेदवार


प्रकाशित मिति :2017-05-29 12:09:08

महिला खबर

सुनसरी । देशकै दोश्रो ठूलो शहर विराटनगर उपमहानगरको एउटा वडामा पाँच पदमा सवै महिला उमेद्धवार वन्ने भएका छन् । नेकपा माओवादी केन्द्रले विराटनगर, ३ बाट पाँचै जना महिलालाई उम्मेदवार बनाउने भएको हो ।

अध्यक्षमा शुशिला भट्टराई (घिमिरे) महिला सदस्यमा कल्पना पोखरेल, दलित सदस्यमा लक्ष्मी विश्वकर्मा र सदस्यहरुमा अप्सरा निरौला र हिरा गिरी (घिमिरे) उमेद्धवार वन्ने भएका हुन । वडा अध्यक्षमा सिफारिस गरिएकी भट्टराईले २०३६ सालमा नेकपा मालेमा आवद्ध भई जनसंस्कृतिक टोलीमा काम गर्दै २०४५ सालमा अखिल नेपाल महिला संघ विराटनगरको अध्यक्ष भएर काम गरिसकेको जनाउनुभयो । उहाँ २०५४ सालमा एमालेबाट माले अलग भएपछि एमालेबाट वाहिरिएर माओवादीमा लागेको वताउनुहुन्छ ।

सदस्यमा सिफारिस अप्सरा निरौला पत्रकार हुन् । विराटनगरबाट प्रकाशित हुने जनवादी आवाज साप्ताहिकमा सह–सम्पादक रहेकी छिन् । प्रेस सेन्टर नेपालकी केन्द्रिय सदस्य हुन् । माओवादी जनयुद्ध देखि नै सक्रिय भएर काम गरेकी निरौला कक्षा ६ मा अध्ययन गर्दा देखि नै २०६० सालमा ताप्लेजुङ्ग जिल्लाको भञ्याङ्ग उच्च माविमा तत्कालिन माओवादीको विद्यार्थी संगठनमा अध्यक्ष भएर काम गरेको बताउछिन् ।

यसरी नै महिला सदस्यको उम्मेदवारी पाएकी कल्पना पोखरेल पनि विद्यार्थी कालदेखि नै राजनीतिमा आवद्ध भएकी हुन् । दलित सदस्य लक्ष्मी विश्वकर्मा पनि माओवादी जनयुद्धमा हुदा देखि नै सक्रिय भएर काम गरेको बताउछिन् ।

सदस्यको अर्की सदस्यकी उम्मेदवार हिरा गिरी (घिमेरे) माओवादी शान्ति प्रकृयामा आएपछि माओवादी पार्टीमा आवद्ध भएर काम गर्दै आए की हुन् । माओवादी केन्द्र विराटनगरले वडा नम्वर ३ वाट उहाँहरुको मात्र नाम सिफारिस भएका कारण उहाँहरु उमेद्धवारी पक्का भएको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: