दोलखामा १ सय ५५ महिला स्थानीय तहमा


प्रकाशित मिति :2017-05-29 12:26:42

सर्मिला बुढाथोकी

दोलखा । दोलखाका दुई नगरपालिकामा उपमेयर र पाँच गाँउपालिकामा उपप्रमुख सहित १ सय ५५ जना महिला बिभिन्न पदमा निर्वाचित भएका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा एमालेको तर्फबाट क्रमशः कमला वस्नेत र कृष्णकुमारी बुढाथोकी उपमेयरमा निर्वाचित भएका छन् । त्यसैगरी कालिञ्चोक, गौरीशङ्कर, तामाकोसी, मेलुङ र शैलुङ गाँउपालिकामा पनि एमालेकै तर्फबाट क्रमशः कालिका पाठक, उर्मिला थामी, उर्मिला खड्का केसी, कल्पना भण्डारी र लालमाया योञ्जन उपप्रमुखमा निर्वाचित भएका छन् ।

महिला सदस्यमा नेकपा एमालेको तर्फबाट ४५ जना, नेपाली कांग्रेसको तर्फबाट १८ जना र माओवादी केन्द्रको तर्फबाट ११ जना गरी ७४ जना, दलित महिलामा एमालेको तर्फबाट ४४ जना, नेपाली कांग्रेसको तर्फबाट १८ जना र माओवादी केन्द्रको तर्फबाट ११ जना गरी ७३ जना तथा दोलखाको तामाकोसी गाँउपालिका वडा नम्बर २ भीरकोटमा नेपाली कांग्रेसको तर्फबाट खुला सदस्यमा १ जना महिला गरी १ सय ४८ जना निर्वाचित भएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडामा भने दलित महिला नभएकोले एक जना दलित महिला खाली रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

तालमेलले महिला नेतृत्वलाई नोक्सान

दोलखा जिल्लाको जिरी नगरपालिका र शैलुङ गाँउपालिका बाहेक एक नगरपालिका र छ गाँउपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र बीच तालमेल हुदा २ जना महिला नेतृत्व कम भएको छ । दोलखाको विगु गाँउपालिकामा प्रमुखमा नेपाली कांग्रेसको युधिष्ठीर खड्का र उपप्रमुखमा माओवादी केन्द्रको सन्जीव ओली तथा बैतेश्वर गाँउपालिकामा प्रमुखमा नेपाली कांग्रेसको छवि लामा र उपप्रमुखमा माओवादी केन्द्रको रविचन्द्र आर्चाय निर्वाचित भएका छन् । स्थानिय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख मध्य एउटा पदमामात्र उम्मेदवारी दिदा महिला पुरुष जो भए पनि हुने प्रावधान रहेकोले दोलखा जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्र बीच तालमेल भएको सबै ठाँउमा दुबै पार्टीले पुरुषलाईमात्र उम्मेदवार बनाएको थियो ।

वडा अध्यक्षमा महिला शून्य

दोलखा जिल्लाको ७४ वटा वडामा महिला प्रतिनिधित्व भने शून्य रहेको छ । जिल्लाको प्रमुख राजनीतिक दलहरुले वडा अध्यक्षमा महिला उम्मेदवार नबनाएको कारण शून्य परिणाम आएको हो । खुला सदस्यमा पनि प्रमुख राजनीतिक दलहरुले अधिकांश ठाँउमा पुरुषलाई नै उम्मेदवार बनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: