गर्भवती बालिका दीक्षान्त समारोहबाट बञ्चित


प्रकाशित मिति :2017-05-29 12:57:47

महिला खबर

एउटी अमेरिकी किशोरीलाई आफ्नो विद्यालयले अनैतिकताको संज्ञा दिएर दीक्षन्त समारोहमा उपस्थित हुनबाट बञ्चित गरेपछि उनका लागि आफ्ना अभिभावकले छुट्टै दीक्षन्त कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

अठार वर्षकी माडी रङ्ककल्स् एउटा सानो, मारिल्यान्डको गैरसरकारी क्रिस्टियन विद्यालयमा पढ्छिन् । अठाह्वंर्षिया माडी रङ्कल्सलाई जुन २ मा हुने कार्यक्रममा, उनी आफ्नो “नैतिकताप्रति जवाफदेही” हनुपर्ने भन्दै, उनलाई प्रवेश निषेध गरिएको छ ।

दीक्षान्त समारोहकोे भोलिपल्ट नै उनका आमाबुवाले उनकोलाई विशेष भोजको आयोजना गर्ने निर्णय गरे । हेरिटेज एकेडेमीको पदाधिकारीहरुले गरेको निर्णयलाई सामाजिक सञ्जालमा आलोचना पनि भएको छ र “यशु धर्मको दया” विद्यालयले किशोरीमाथि नदेखाएको पनि भनियो ।

“हेरिटेज एकेडेमीलाई यशुको माया र अनुग्रह दर्शाउने मौका थियो तर उसले सजाय र लाजमर्दो व्यवहार चुन्यो ।” रङ्कल्स विद्यार्थी संगठनकी अध्यक्ष थिइन् र उनको शैक्षिक दक्षता पनि उत्कृष्ट थयो। ती किशोरीले आफूले पहिला गर्भपतन गर्न खोजेको तरपछि बच्चा जन्माउने निर्णय गरेर सही बाटो रोजेको कुरा भनिन् ।

थुप्रै मानिसहरुले रङ्ककल्स्को पक्षमा बहस चलाए । ती मध्य उनको बुवापनि थिए जसले विद्यालयको वोर्डको अध्यक्ष पदबाट राजिनामा दिए ।

“उनी अनैतिक थिइनन्”

किशोरीकी बुवा रङ्ककल्स् विद्यालयको पदाधिकारी पदमै थिए जब छारीलाई दुई दिनको लागि निलम्बन गरिएको थियो तर उनी आफ्नो छोरीको दीक्षान्त समारोहको उपस्थिति बारेको निर्णय प्रक्रियामा प्रत्यक्ष रुपमा संलग्न भएनन् ।

बैंकका उपाध्यक्ष स्कट रङ्ककल्स्ले न्यूयोर्क टाइम्स्लाई भने, “प्रायः जब कसैले नियमको उलङ्घन गर्छ उसलाई तत्कालै सजाय दिइन्छ । यसरी सजाय भोगेर, विगतको सिकाइबाट उनीहरु सकरात्मक सोचसहित अघि बढ्दै जान्छन् । तर माडीलाई चार महिनापछि सजाय दिइयो। यसले उनको शैक्षिक वर्ष नेै बिगारेको थियो ।”

विद्यार्थीहरुले “महिला र पुरुषबीच वैवाहिक वन्धनवाहिरको यौन गतिविधि” मा संलग्न नहुने आचारसहिंतामा सहमति जनाउनुपर्ने अपेक्षा उत्त विद्यालयले राखेको छ । गर्भपतन विरुद्दका संस्थाहरु जस्तै ‘स्टुडेन्ट फ्र लाइफ’ ले रङ्ककल्स्लाई समर्थन गरे।

बुवाको नाम दिन अस्विकार

विद्यालयका प्रधान अध्यापक डेबिड होब्सले लेखे, “मलाई केही तथ्यहरु प्रष्टाउन दिनुहोस् ।
“म्याडीलाई अनुशासित बनाउन यसोे गरिएको हो। उनी गर्भवती भएर होइन। उनको अनैतिक व्यवहारले यसोे गरिएको हो । अनैतिकता उनको रोजाइ थियो र यो स्थितिको सृजना गरिन् ।”

होब्सले आफू र बोर्डका सदस्यहरु “कठोर, क्रुर र कडा हृदय भएको कुरा” नकारे । उक्त दीक्षान्त समारोहमा उनी “भगवानको महिमा म¥यादित रुपमा व्यवहारमा परिणत होस्” भन्ने चाहन्थे । रङ्ककल्स्ले न्युयोर्क टाईम्स्लाई आफ्नो परिवारले आफ्नी छोरीलाई छुट्टै दीक्षान्त भोज, सन् २०१७ को जुन ३ मा बन्दोबस्त गरेको बताए ।

छोरी रङ्ककल्स् आफ्नो सेप्टेम्बरमा जन्मिने छोरालाई आफ्नो परिवारको सहयोगमा हुर्काउने बताइन् । उनले बच्चाको बुवाको नाम दिन मानिनन् तर बच्चाको बुवा हेरिटेज एकेडेमीको विघार्थी नभएको कुरा बताइन् ।

साभारः बीबीसी समाचार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: