सडकमा निर्वाचन शिक्षा


प्रकाशित मिति :2017-05-30 10:37:08

यमुना खनाल

लहान । गोलो घेराभित्र केही नाची रहेका थिए । कोही फूलमाला अबिरले रातै थिए भने कोही मादल बजाएर नाची रहेका थिए । लहान सहिद चौक अगाडी सडक किनारामा हेर्ने मानिसहरू पनि गोलाकारमा नै हाँस्दै ताली पिटि रहेका थिए ।

यो दृश्य कुनै सांगितिक कार्यक्रमको नभएर निर्वाचन आयोग र राष्ट्रिय नाँचघर काठमाडौंको सहकार्यमा आयोजना भएको निर्वाचन शिक्षा सम्बन्धी सडक नाटकको हो ।

सडक नाटकमा कलाकारले निर्वाचनमा प्रलोभनमा पार्ने । एक छाक खाना ,रक्सी मासु खुवाउने ।

जागिर लगाई दिने जस्ता झुटो आश्वासन दिने उम्मेदद्धारलाई होइन विकासप्रेमी, आफूलाई मन परेको, आफ्ना कुरा सुन्ने, उम्मेद्धारलाई मात्र मतदान गर्नु पर्छ भन्ने सन्देश दिने अभिनय गर्दा स्थानीयहरुले  ताली पड्काए ।

लहान लगरपालिका वडा नंम्बर १ की ४० बर्षिया निर्मला शाहले नाटकबाट मनोरन्जन लिने मात्र होइन, सोच्ने कुरा छ भन्दै सचेत हुनु पर्ने सँगै बसेकी आफ्नी साथी सुनिता रामलाई भनिन् ।

सडक नाटकमा महिलाहरूलाई कसरी बढी भन्दा बढी मतदानमा सहभागी गराउने , महिलाहरू महिला उम्मेद्धारलाई कसरी प्रोत्साहान गर्ने जस्ता सन्देश  सडक नाटकमा दिएको थियो ।

मतदान कसरी गर्ने, बदर मत कसरी घटाउने, कसरी मतदान गरे मत सदर र बदर हुन्छ भन्ने सन्देश सडक नाटकमा देखाएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: