महिनावारीबारे स्कुलमा अभिमुखीकरण


प्रकाशित मिति :2017-05-30 10:57:43

यमुना खनाल

“महिनावारी सम्बन्धी शिक्षाले सबैमा महत्त्वपूर्ण परिवर्तन ल्याउछ ।”भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिनावारी दिवस सिरहामा पनि मनाइएको छ ।

महिनावारी सम्बन्धी खुलेर कुराकानी गर्न पे्ररित गर्ने उदेश्यले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सिरहाको आयोजनामा सिरहाको लहानमा कक्षा आठ, नौ, दशमा अध्यायन गर्ने १५ वटा स्कुलका किशोरीहरुको सहभागितामा एक दिने अभिमुखीकरण कार्यक्रम गरी महिनावारी दिवस मनाइएको हो ।

त्यसै गरी धनगढीमाई नगरपालिका बिष्नुपुरकटीमा पनि स्कुलका किशोरीहरुलाई तालिम दिएको थियो । सृजना युवा क्लबको आयोजनामा कक्षा ६ देखि १० कक्षा सम्मका किशोरीलाई महिनावारी व्यवस्थापन तालिम प्रदान गरिएको छ । कार्यक्रममा महिनावारी लाई व्यवस्थापन गर्ने , सरसफाई गर्ने बारे जानकारी गराइएको थियो । महिनावारीको प्याड जलाएर अथवा गाडेर व्यवस्थापन गर्न , र महिनावारी आमा बुबा घरपरिवार सँग खुलेर कुराकानी गर्नु पर्ने किशोरीहरुलाई सिकाइएको थियो ।

तराईमा महिनावारीको प्याड जलाउनु हुन्न, जलाए संन्तान हुँदैन भन्ने गलत मान्यता अहिले पनि रहेको नेवा संस्थाकी बसुन्धरा भुसालले बताउनु भयो । किशोरीहरुलाई महिनावारी बारे जानकारी भए समाजमा रहेका भ्रम चिर्न किशोरीहरुले भूमिका खेल्ने बताउनु भयो । अन्य ठाउँमा जस्तो महिनावारी बारने चलन तराईमा नभएपनि किशोरीहरुले महिनावारी भएको कुरा परिवारलाई बताउन नसक्दा महिनावारीको समयमा हुने समस्याले मानसिक समस्,या हुने गरेको बताए ।

महिनावारीको समयमा पेट दुख्ने ,ढाड दुख्ने,उल्टी, हुने जस्ता समस्या हुने भएकाले महिनावारीको समयमा पोसिलो खाना , आरामको जरुरी हुने कार्यक्रम किशोरीहरु लाई जानकारी दिए । सरसफाई नहुदा पाठेघरमा घाउ आउने , पाठेघरको क्यान्सर हुने , महिनावारी बारे जानकारी नहुदा पाठेघर खस्ने समस्या हुने गर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: