वक्तित्वकलामा विजयी सबै छात्रा


प्रकाशित मिति :2017-05-30 12:41:28

बेलिना थापा

लमजुङ । गणतन्त्र दिवसको अवसरमा आयोजित वक्तित्वकला प्रतियोगितामा सबै स्थानमा छात्रा विजयी भएका छन् । १६ विद्यालयका प्रतियोगीहरुलाई पछि पार्दै भुपु सैनिक मावि भोटेओडारकी मोनीका सेढाई पहिलो हुन सफल हुनुभएको छ ।

त्यस्तै शिशु विद्याश्रम मावि तिनपिप्लेका अनुपा गिरी द्धितिय, चैतन्योदय सत्य माविका दुरकाशी गुरुङ तृतिय र जनमन्दिर मावि इशानेश्वरका प्रिया विक सान्त्वना हुनुभएको छ । प्रतियोगीमध्ये १० जना छात्रा र ६ जना छात्र थिए ।

जिल्ला शिक्षा कार्यलय र जिल्ला बालकल्याण समितिको आयोजनामा भएको प्रतियोगिताको शीर्षक ‘बाल अधिकार संरक्षण र सम्बद्र्धनमा स्थानीय सरकारको भूमिका’ रहेको थियो ।

जिल्ला न्यायधिश अर्जुन अधिकारी र प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बिजयीहरुलाई क्रमशः  ७ हजार, ५ हजार, ४ हजार र ३ हजार नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: