श्रीमानको हत्यारालाई पक्राउ गर्न अपिल


प्रकाशित मिति :2017-05-30 15:44:59

सर्मिला बुढाथोकी

दोलखा । स्थानीय तहको निर्वाचन प्रचारको क्रममा हत्या भएको दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगुका कुलबहादुर तमाङको परिवार न्यायको अपिल गर्दै सदरमुकाम चरिकोट आएको छ ।

मृतकका बुबा गोरे तमाङ, श्रीमती साङमाया तमाङ, छोरी संगीता तमाङ र छोरा अशोक तमाङले मंगलवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न माओवादी नेता देवी खड्का, विशाल खड्का लगाएतलाई पक्राउ गरी कानुनी कार्वाहि अगाडि बढाउन स्थानीय प्रशासनसंग माग गरेका छन् ।

गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगुमा वडा सदस्यका उम्मेदवार गोरे तमाङको छोरा कुलबहादुर तमाङलाई गत वैशाख २६ गते बेलुका जुँगु निलकण्ठेश्वर मावि नजिक होटेलमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका नेता कार्यकर्ताले आक्रमण गरी हत्या गरेका थिए । तमाङको मृत्यु पछि उनको बुबा गोरे तमाङले माओवादी केन्द्रका नेता पूर्व राज्यमन्त्री देवी खड्का, विशाल खड्का लगायत ३९ जनाको नाममा कतव्र्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका थिए ।

मङ्गलवार पत्रकार सम्मेलन गरी मृतकको श्रीमती ३५ वर्षीय साङमाया तमाङले आफूलाई विधुवा बनाउने अभियुक्तहरु खुलेआम हिडिरहेको र उल्टै आफ्नो छोरा तथा ससुरालाई मार्ने धम्की दिएको भए पनि स्थानीय प्रशासनले उनीहरूलाई पक्राउ गरी कानुनी कार्वाहि गर्न चासो नदिएको आरोप लगाईन । मृतकको श्रीमती साङमाया आफ्नो छोरा ११ वर्षीय अशोक तमाङ र छोरी १४ वर्षीय संगीता तमाङलाई समेत अभियुक्तहरुले स्कुल जाँदा मानसिक यातना दिने गरेको र अभियुक्तहरु खुलेआम हिड्दा आफूहरू समेत सुरक्षित ढंगले बस्ने अवस्था नभएको बताउछिन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्की घट्नामा संलग्नको आशंकामा अहिलेसम्म ९ जना पक्राउ परेको र अनुसन्धान जारी रहेको बताउछन् । अब हामी छिट्टै अनुसन्धान सकेर मुद्धा अदालतमा बुझाउने तयारीमा छौ – प्रहरी नायव उपरीक्षक कार्कीले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: