सेयर बजारमा बढ्दैछन् महिला लगानीकर्ता


प्रकाशित मिति :2017-05-30 17:35:22

-सर्मिला ठकुरी-

काठमाडौं । जोरपाटीकी सुजाता मल्लको दिनचर्या सेयर बजारमा प्रवेश गरेपछि फेरिएको छ । सेयर बजारबारे बुझ्ने यसैमा लाग्न थालेपछि उनी अहिले सचेत लगानीकर्ताको रुपमा बजारमा परिचित छिन् ।

पद्यमकन्या क्याम्पसबाट बिबिएस सकेर विवाह गरेकी उनी पहिले श्रीमान् र छोराछोरीको रेखदेखमा नै दिन बिताउँथिन् । बिहान बेलुका भान्छाको काम, दिनभर टिभीमा सिरियल हेरेर उनको दिन बित्थ्यो ।

‘पहिले म श्रीमान् र छोराछोरीलाई अफिस र स्कुल पठाएपछि टिभीमा हिन्दी सिरियल हेरेर दिन बिताउँथे’ उनले भनिन्,– ‘यतिसम्म कि मलाई राम्रो लागेको सिरियल छुट्यो भने त्यस सिरियलमा के भयो होला भन्ने चिन्ताले सताउथ्यो । छुट्यो कि युटुवमा समेत हेर्ने गर्दथे ।’
उनको यो प्रवृति देखेर आफन्तले टिभी हेरेर समय बिताउनुभन्दा सेयर बजारबारे बुझदा राम्रो हुने सल्लाह दिए । सोही सल्लाह अनुसार ब्रोकर कम्पनीमा करिब एक वर्ष सेयर बजार बारे बुझेपछि मात्र लगानीकर्ता भएको उनले बताईन् ।

अहिले त उनी समय निस्कने वित्तिकै सेयर सम्बन्धी समाचारहरु पढ्न थाल्छिन् र अवस्था हेरेर खरिदविक्रीमा लाग्छिन् । सेयर बजारमा प्रबेश गरेपछि कमाइ र बुझाइ दुवै बढेको उनले बताइन् । ‘आफ्न्तले मेरो आँखा नै खुलिदियो, सुजाताले भनिन्–‘मेरो अध्ययन र कमाइ दुवै बढेको छ ।’ उनले फेरिएको दैनिकी सुनाइन् ।

अहिले सेयर बजारबारे बुझ्ने र लगानी गर्ने उनको दैनिकी नै हो । २५ हजार रुपैयाँबाट लगानी थालेकी उनको सेयर कारोबार तीन वर्षमा १५ लाख रुपैयाँ बराबर पुगेको छ । प्राथमिक सेयर (आइपीओ) चाँही जुनसुकै कम्पनीले जारी गरेपनि न्यूनतम पाँच हजार रुपैयाँ भने पनि लगानी गरिहाल्छिन् ।

अहिले उनी सेयर बजारमा प्रवेश गर्न चाहने महिलालाई आफूले जानेबुझेको कुरा सिकाउँछिन् । उनी सवैलाई वित्तिय कम्पनीको अवस्था हेरेर मात्रै लगानी गर्न सुझाउनुहुन्छ ।

सुजाता जस्तै हिन्दी सिरियल हेरेर समय विताउने गरेका महिलाहरु सेयर बजारतिर आकर्षित हुन थालेका छन् । सयेर बजारको कारोबार बिहान एघार बजेदेखि दिउँसो ३ बजेसम्म हुने गर्दछ । यो समय गृहणीहरुका लागि उपयुक्त समय पनि हो ।

संरचना चौधरी पनि सेयर लगानीकर्ता नै हुन् । संरचनाको पनि सेयर बजारमा लाग्दाको कहानी रमाइलो छ । उनलाई श्रीमान्को कमाइ र घरभाडाले मात्र खर्च धान्न समस्या थियो । त्यसैले श्रीमानको साथीले उनलाई सेयर बजारबारे बुझ्न सुझाएका थिए । त्यो सुनेपछि उनी उत्साहित भइन् । उनले भनिन् ‘श्रीमान्को सल्लाह बमोजिम भोलिपल्ट नै दलालकहाँ गएर ग्राहक आइडी खोलें । सेयर बजार बारे बुझ्न थालें ।’ उनले घरखर्चबाट बचाएर समूहमा राखेको ५० हजार रुपैयाँबाट लागानी सुरु गरेकी थिइन् । दुई वर्षमा उनले तीन लाख खुद नाफा कमाइ सकेकी छिन् ।

सिफलकी राधिका सापकोटा पनि साथीहरुबाट सुनेको आधारमा नै सेयर बजारमा लगानी गर्न आएको बताउँछिन् । अहिले उनलाई सेयर बजार सम्बन्धी राम्रो जानकारी छ । उनले सेयरबजार सम्बन्धी विभिन्न तालिमहरुमा पनि भाग लिएकी छन् । बालबच्चा र घरधन्धापछिको समय बचाएर सेयर बजारमा आएकी राधिका आइपीओमा लागनी गर्दा कहिल्यै घाटा नलाग्ने बताउँछिन् । नयाँ लगानीकर्ताहरुलाई पनि आइपीओबाट नै लगानी सुरु गर्न उनी सुझाव दिन्छिन् ।

सुजता, संरचना र राधिका त प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय सेयरमा महिला लगानीकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको छ । सिडिएस एन्ड क्लीयरिङ लिमिटेडका अनुसार हालसम्म सेयर कारोबारको लागि (अभौतिकीकरण बैंक खाता) डिम्याट खाता खोल्नेहरुको संख्या ८ लाख ६३ हजार २३ जना रहेका छन् । जसमध्ये महिला र पुरुष भनेर नछुट्याएपनि २० प्रतिशतको हाराहारीमा महिला रहेको कम्पनीको दाबी छ । पछिल्लो समय डिम्याट खाता नखोली प्राथमिक सेयरमा लगानी गर्न नपाउने भएकोले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो ।

निभ सेक्युरिटिजका सञ्चालक विष्णु सापकोटाका अनुसार बजारमा महिला लगानीकर्ताहरु दिनानुदिन बढ्दै गएका छन् । निभ सेक्युरिटिजमा ३० हजार भन्दा बढी ग्राहक सेयर कारोबार गर्दछन् । त्यसमध्ये तीन हजारको संख्यामा महिलाहरु ग्राहक रहेको उनको दाबी छ । उनका अनुसार कतिपय महिला लगानीकर्ता पुरुष लगानीकर्ताको तुलनामा निक्कै अब्बल देखिन्छन् । उनीहरु राम्रो अध्ययन गर्ने र राम्रा कम्पनी छानेर लगानी गर्ने हुँदा पछुताएका छैनन् ।

सुमेरु सेक्युरिटिज प्राइभेट लिमिटेडका सञ्चालक प्रेम अग्रवालका अनुसार महिला लगानीकर्ताहरुको संख्या विगत दुईवर्ष यता ह्वात्तै बृद्धि भएको छ । विहानदेखि बेलुकासम्म (१०–५) काम गर्न समय दिन नसक्ने गृहणी महिलाहरु अहिले सेयर बजारमा व्यस्त हुने गरेको अग्रवालले बताए । सुमेरु कम्पनीमा १ हजार ३० जना महिलाले सेयर कारोबारका लागि ग्राहक आइडी खोलेका छन् ।

दलाल कम्पनीहरुका अनुसार गृहणी महिलाहरु सेयरबजार बारे अलि सम्वेदशील पनि छन् । त्यसैले पुरुषहरु जस्तै एकैपटक करोडौं रकम लगानी गर्न खोज्दैनन् । महिलाहरुले एक पटकमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म लगानी गरेका छन् ।

नेपालमा पहिलो सेयर दलालको रुपमा रहेकी सुजिता खनालका अनुसार पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको रुपमा महिलाहरुको संख्या ह्वात्तै बढेको छ । २०६० सालदेखि महिलाहरु सेयर बजारमा प्रवेश गर्नेक्रमम बढेको हो । अनलाईन कारोबार हुन थालेदेखि महिलाहरु सेयर बजारप्रति आकर्षित भएका हुन् ।

शेयर बजार कस्तो बजार हो ?

कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दर्ता भएका कम्पनीहरुको धितोपत्र कारोबारलाई सेयर बजार भनिन्छ । प्राथमिक सेयर (आइपीओ) जारी गरी बाँडफाँड भइसकेका कम्पनीहरुको दर्ता नेप्सेमा गरिन्छ । नेप्सेमा दर्ता भएका कम्पनीहरुको धितोपत्र कारोबार गर्ने कम्पनीलाई दलाल कम्पनी भनिन्छ । ति दलाल कम्पनीहरुबाट मात्र सेयर कारोबार हुने गर्दछ । नेपाल स्टक एम्सचेन्जमा अहिले २०० वटा कम्पनीको सेयर कारोबारका दर्ता भएपनि दैनिक १४४ कम्पनीको सेयर किनबेच हुने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: