महिला, बालबालिका तथा समाज कल्याणका लागि २ अर्ब २३ करोड


प्रकाशित मिति :2017-05-30 16:14:07

सन्दिप विक

काठमाडौँ । सरकारले आव २०७४/७५ को लागि विनियोजना गरेको १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपँैया बजेट मध्ये २ अर्ब २३ करोड रुपैयाँ महिला, बालबालिका तथा समाज कल्याणका लागि छुट्याएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा सरकारको आयव्यय तथा विनियोजित रकम प्रस्तुत गर्नुभएको हो । विनियोजित रकम मध्ये चालु खर्च आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२ दशमलव ८ प्रतिशत, पूँजीगततर्फ तीन खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार अर्थात् २६ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ रु. एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार अर्थात् ११ प्रतिशत रहेको छ ।

बजेटमा आगामी आर्थिक वर्षमा आधा आकाश ओगट्ने महिलाको श्रम, सीप र नेतृत्व कौशल विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । लैंगिक तथा घरेलु हिंसा निवारण र मानव बेचबिखन विरुद्धको अभियानलाई कठोर रूपमा सञ्चालन गर्ने, जेष्ठ नागरिकको संरक्षण, हेरचाह तथा स्वास्थ्य उपचार सम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने जनाएको छ ।

अनाथ तथा सडक बालबालिकाको उद्वर, पालन पोषण र पुनस्र्थापनका लागि समुदायमा आधारित कार्यक्रमहरू सञ्चालन गरिने, कामकाजी परिवारका बालबच्चाहरुको हेरचाका लागि दिवा शिशुस्याहार केन्द्रहरु सञ्चालन गर्न स्थानीय तहलाई उत्प्रेरित गरिने जनाइएको छ ।

महिलाहरूको सीप विकास गरी रोजगार र स्वरोजगारका अवसरहरू सिर्जना गर्न राष्ट्रपति महिला उद्यम विकास कार्यक्रमलाई परिस्कृत गरी निरन्तरता दिएको छ । अपाङ्ता भएका व्यक्तिका लागि आवश्यक सहयोगी सामाग्रीहरूको आयत तथा उत्पादन दिइदैँ आएको सहुलियत र अपाङ्ग पुनस्र्थापनाका लागि संघसंस्थाहरु मार्फत् जाने सहयोगलाई निरन्तरता दिएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई रोजगारी उपलब्ध गराउने प्रतिष्ठानहरुलाई दिएको सहुलियत कायमै राखिएको छ । सबै प्रकारका सार्वजनिक भौतिक संरचनाको निर्माण अपाङगमैत्री बनाइने उल्लेख गरिएको छ । दृष्टिविहीनहरुका लागि छुटै शिक्षालयमा शिक्षा दिने व्यवस्था मिलाइने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: