श्रीमानको खोजी गरिदिन पेमकलाको आग्रह


प्रकाशित मिति :2017-05-30 16:40:42

महिला खबर

कपिलवस्तु । जिल्लाको इलाका प्रहरी कार्यालय बहादुरगञ्जमा कार्यरत प्रहरी हवल्दार ३८ बर्षे एक बहादुर खासु एक साता देखि बेपत्ता भएका छन् । खासु गत जेठ ८ गते दिउँसोबाट बेपत्ता भएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दिपेन्द्र गिरीले बताए ।

बिदा लिएर आफ्नो घर अर्खाखाँचीको ढिकुरा जानेक्रमा उनी बाटोबाटै हराएको जनाएको छ । उनी ३ दिन अघि मात्र जिल्लाबाट सरुवा भई बहादुरगञ्ज हाजिर भएका थिए । मानसिक बिरामी समेत भएका हवल्दार खासु घरमै आराम गुर्छ र त्यतै औषधी गराउछु भनी हिडेको प्रनानि गिरीले बताए । खासुकी श्रीमती पेमकलाले तौलिहवामा पत्रकार सम्मेलन गरी बेपत्ता भएका आफ्नो श्रीमानको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।

उनले २ महिना देखि मानसिक रोगी बनेका श्रीमानलाई परिवारको जिम्मा लगाउनुका साटो प्रहरी कार्यालयले त्यत्तिकै जान दिएकाले हराएको उनले आरोप छ । खोजीका क्रममा गत जेठ ९ गते बडा प्रहरी कार्यालय चन्द्रौटाको एउटा कोठामा झोला भेटाएका थिए । त्यहीको प्रतिक्षालयमा मोबाइल र अन्य कागजातहरू समेत फेला परेको थियो ।

उनी अन्तिम पटक चन्द्रौटामा देखिएको र त्यसपछि गायब भएका थिए । गायब भएका हवल्दार खासुको खोजी कार्य जारी रहेको प्रहरी उपरिक्षक भोजजंग शाहले बताए । ‘खोजीका लागि प्रहरी परिचालन गरका छौ ।’ उनले भने । खासुका १८ बर्षिया छोरी र १४ बर्षे एक छोरा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: