सिन्धुपाल्चोकमा २ सय १८ महिला निर्वाचित


प्रकाशित मिति :2017-05-31 11:49:17

-विदुर आचार्य-

सिन्धुपाल्चोक । पहिलो चरणमा भएको स्थानिय तह निर्वाचनमा जिल्लाका २ सय १८ महिला निर्वाचित भएर स्थानीय सरकारमा पुगेका छन् । १२ स्थानिय तहमा १२ उपप्रमुख सहित २ सय १८ महिला निर्वाचित भएका हुन् । ३ नगरपालिका र ९ गाँउपालिकामा सवै उपमेयर र उपाध्यक्ष महिला रहेका छन् । कुल १ सय ३ वडा रहेको जिल्लामा वडा अध्यक्ष, गाँउपालिकाको अध्यक्ष तथा नगरपालिकाको मेयरमा महिलाको उमेद्वारी शून्य प्राय थियो । क्रियाशील दलहरुले नै प्रमुख पदमा पुरुष र उपप्रमुखमा महिला उमेद्वार अगाडी सारेका थिए ।

३ नगरपालिका मध्ये मेलम्ची नगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा भगवती नेपाल सहित २७ जना महिला निर्वाचित भएका छन् । नेपाल वाहेक १३ जना महिला सदस्य र १३ जना दलित महिला सदस्य हुन् । बाह्रविसे नगरपालिकामा ९ दलित र ९ महिला सदस्य गरी १८ जना वडा सदस्य र शुुसिला पाख्रिन उपमेयर सहित १९ जना महिला निर्वाचित भएका छन् । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकामा जानुका पराजुली उपमेयर सहित २९ जना महिला जनप्रतिनिधी चुनिएका छन् । यसरी जिल्लाको तीन नगरपालिकामा तीन उपमेयर महिला सहित ७५ जना निर्वाचित भएका छन् ।

नौ वटै गाँउपालिकाको उपाध्यक्ष महिला निर्वाचित भएका छन् । गाँउपालिकाको कुल ६७ वडामा दलित महिला सदस्य र महिला सदस्य गरी १ सय ३४ महिला वडा तहमा निर्वाचित भएका छन् भने ९ जना गाँउपालिकाको उपाध्यक्ष निर्वाचित भएका छन् । ९ गाँउपालिकामा कुल १ सय ४३ जना महिला जनप्रतिनिधी निर्वाचित भएका छन् ।

गाँउपालिका उपाध्यक्षमा भोटेकोशी– दावुट्टी शेर्पा, सुनकोशी– लक्ष्मी पौडेल, इन्द्रावती– मीरा अधिकारी र हेलम्वु– कोपिला पण्डित रहेका छन् । त्यस्तै वलेफी– कमला कायस्थ, लिसङ्खुपाखर– हेमगंगा मोक्तान, त्रिपुरासुन्दरी– दुर्गा नेपाल, जुगल– सिर्जना तामाङ र पाँचपोखरी थाङ्पालमा– सुनिता अधिकारी रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: