भोट दिने अवसर गुम्यो: महिलाको गुनासो


प्रकाशित मिति :2017-05-31 15:04:04

पार्वती पाण्डे

कपिलवस्तु । दुई दशकपछि हुन लागेको दोस्रो चरणको जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिदै छ । सबैतिर खुशीयाली छ । आफ्ना गाउँठाउँको विकासका लागि राम्रो नेता चुन्न पाउने आशामा छन् । तर कपिलवस्तुको विजयनगर २ गुगौलीकी पवित्रा थारु भने भोट दिन नपाउने भएपछि वेखुशी छन् ।

२४ वर्षकी विवाहित पवित्रा मतदाता परिचय नभएपछि उनी आफ्नो अमूल्य मत दिन बाट बन्चित भएकी हुन् । उनी भन्छिन्– यस भन्दा अगाडिको चुनावमा नागरिकता नबनेका कारण भोट दिन पाइन । यसपालि भोटर लिस्टमा नाम नहुँदा भोट दिन नपाएने भए । निर्वाचनका लागि भोटर लिस्टमा नाम हुनुपर्छ भन्ने थाहाँ नभएका कारण यसपालि अवसर गुमाउनु परेको उनले बताइन् ।

विकासमा मत दिन पाउने सौभाग्य गुम्यो उनले चिन्ता व्यक्त गरिन् । गुगौलीकै जानकि थारुलाई पनि उस्तै चिन्ता छ । उनको पनि मतदाता नामावलीमा नाम छैन । भोट दिनका लागि मतदाता नामावलीमा नाम हुनुपर्छ भन्ने जानकारी नभएको उनीहरूले बताए । उनलाई यस पटक महिला उम्मेदवारलाई भोट हाल्ने इच्छा थियो । सिता गुरुङ र माया चौधरीले पनि नागरिकता भए पनि नाम दर्ता नहुदा भोट हाल्न नपाउने भएको बताए ।

अधिकारकर्मी पुष्पा रेग्मी मताधिकारबाट बन्चित हुनु मानवअधिकारको हनन भएको बताउनुहुन्छ । जिल्लामा २ लाख ८६ हजार ५ सय ४८ मतदाता छन् । जसमा १ लाख २९ हजार ९ सय ४० महिला मतदाता रहेका छन् । २ जना तेस्रो लिंगी रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: