कोठामा थुनिएकी महिलाको उद्वार


प्रकाशित मिति :2017-05-31 15:43:39

-महिला खबर-

सुनसरी । टाटीले बारेको घर, माटोको चिसो भूँइ । त्यही घरको एउटा चिसो कोठा, दिसा पिसाब र फोहोरै फोहोरले भरिएको ठाउँ । त्यही कोठामा वर्षौदेखि जीवन बिताउँदै थिईन् इटहरी उपमहानगर स्थित हटियालाइनकी २७ वर्षिय झरना चौधरी ।

चौधरीले बर्षौदेखि कष्टकर जीवन विताउँदै आएको थाहा पाएपछि राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार सञ्जाल सुनसरी, कोकन, पहल, इन्सेक, सेलर्ड लगायतका संघसंस्थाको सहयोगमा उद्धार गरिएको छ ।

फोहोरको कारणले चौधरीलाई इन्फेक्सनको र शरीरमा घाउ भएको छ । उनको जिल्ला अस्पताल इनरुवामा मंगलबारदेखि उपचार भइरहेको छ । जन्मजात मानसिक स्वास्थ्य समस्यामा रहेकी ती महिला वर्षौदेखि त्यो कोठा भित्र बन्धक भएर बस्न बाध्य थिइन् ।
नेपाल पत्रकार महासंघ सुनसरीकी उपाध्यक्ष एवम् अधिकारकर्मी सुभद्रा प्याकुरेलले मानसिक समस्या रहेकी झरनालाई परिवारले विभिन्न अस्पतालमा लगेर उपचार गरेपनि ठीक नभएपछि कोठामा थुनेर राखिएको बताइन् ।

झरनाको बाबु आमाको निधन भएपछि उनको अवस्था झन् बिजोग भयो । स्वास्थ्य समस्या पनि झनै बढ्दै गयो । दिसा, पिसावको टुङ्गो नहुने, कपडापनि नलगाउने गर्न थालेपछि उनलाई कोठामा राख्न बाध्य भएको उनका आफन्त रिना श्रेष्ठले बताइन् । झरनाको त्यस्तो अवस्था थाहा पाएपछि अधिकारकर्मीहरुले उनको उद्धार गरि उपचारका लागि अस्पताल पुर्याएका हुन् ।

उद्धारमा सकृय कोकनकी उपाध्यक्ष मन्जिता उपाध्यायले फोहोरै फोहोरमा बस्न बाध्य रहेकी ती महिलालाई उद्वार गरेर हस्पिटल सम्म पुर्याइएको बताइन् ।
उनले भनिन् – ‘ ती महिलालाई नुवाई धुवाई गरेर प्रहरी लगायतको सहयोगमा एम्वुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको हो । अहिले जिल्ला अस्पतालमा उनको स्वास्थ्य समस्या के हो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ । उनले ती महिलाको जिल्ला अस्पतालले दिएको रिर्पोटपछि थप उपचारका लागि पहल गरिने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: