मतदाता शिक्षा प्रभावकारी भएन


महिला मतदाता झनै अनविज्ञ

प्रकाशित मिति :2017-06-01 11:33:42

लिलाराज भटराई

सुनसरी । मोरङ उर्लावारी ४ की रेनुका निरौलाको घरमा भोट माग्न मुख्य राजनीतिक दलका नेताहरू सबै पुगिसकेका छन् । उहाँ २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा भोट हाल्न उत्साहित पनि हुनुहुन्छ । तर भोट कसरी हाल्ने स्पष्ट छैन । कसैले सिकाएका पनि छैनन् ।

सुनसरी इटहरी ९ की सरिता कटुवालले मतपत्र नै देख्नुभएको छैन । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुदाँ घेरै मत वदर भएको थियो । दोस्रो चरणमा पनि सोही गल्ती दोहोरिने देखिएको छ । निर्वाचनको मिति नजिकिरहदा पूर्वका जिल्लाहरूमा मतदाता शिक्षा प्रभावकारी बन्न सकेको छैन ।
इटहरीका व्यवसायी शम्भु प्रसाद तिम्सिनाले मतपत्र धेरै ठुलो र धेरै चिन्हहरु ह्ुने अवस्थामा पढेलेखेकै मान्छे पनि झुक्किन सक्ने वताउनुहुन्छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा धेरै मत वदर हुने उहाँको अनुमान छ । शिक्षित मान्छेले क्रसभोट गर्दा र अन्तिमका दुईवटा चिन्हमा डवल भोट हालेर मत वदर हुन सक्ने उहाँको भनाई छ ।

इटहरीकी समीक्षा रेग्मी स्थानीय चुनावमा पहिलो पटक भोट हाल्दै हुनुहुन्छ । तर भोट हाल्न सिकाउने कोही नआएको उनको गुनासो छ । दोस्रो सबिधानसभा निर्वाचनमा देशभरमै बढी मत वदर हुने जिल्लाहरूमा सुनसरी, मोरग, झापा, सिरहा र सप्तरी जिल्ला पनि थिए । २० वर्षपछि स्थानीय निकायको निर्वाचन हुन लागेकाले पहिलो पटक मतदान गर्ने युवाहरूको सँख्या ठुलो छ । अहिलेसम्म मतपत्र पनि नदेखेको ती युवाहरूलाई कसरी भोट हाल्ने भनेर सचेत बनाउन नसके धेरै मत वदर हुन सक्छ । पूर्वका जिल्लाहरू पूर्ण साक्षर छैनन् । धेरै चिन्हहरु र ठुलो मतपत्र भएका कारण साक्षरलाई नै सही तरिकाले मतदान गर्न अन्यौल देखिरहेका वेला निरक्षरलाई समस्या हुने देखिन्छ ।
निर्वाचन आयोगको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेल मतदाता शिक्षाका लागि निर्वाचन आयोग प्रत्येक घरमा कम्तीमा एक पटक पुग्ने वताउनुहुन्छ । प्रत्येक घरमा पुगेर मतदान गर्न सिकाएर घर मुलिको हस्ताक्षर गराएर सम्बन्धित वडाको सचिवलाई प्रमाणित गराउनै पर्ने भएकाले मतदाता शिक्षा प्रभावकारी हुने उहाँको दाबी छ । तर उहाँले दाबी गरेझै मतदाता शिक्षा प्रभावकारी हुन भने सकेको छैन ।

निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरका अनुसार मतदाता शिक्षाका लागि एउटा गाँउपालिकामा ५७ जना सम्म व्यक्तिहरू खटिएका छन् । मतदाता शिक्षा कार्यकर्ता र स्वयँसेवक भनेर महिला स्वास्थ्य कार्यकर्ता, सामाजिक परिचालक र वालशिक्षा सहायक कार्यकर्ता खटाइएको छ । उनीहरूलाई भत्ता बाहेक मासिक १५ हजार तलब दिइएको छ । प्रत्येक वडाका वडा सचिवलाई सुपरिवेक्षक भनेर ६ देखि ९ हजार सम्म तलब दिइएको छ । त्यसमाथि मतदाता शिक्षा समन्वय कर्ता भनेर गाउपालिका वा नगरपालिकाका कार्यकारी अधिकृतलाई तलवभत्ता सहित खटाइएको छ । निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको समेत मतदाता शिक्षा कार्यक्रममा भूमिका छ । यतिधेरै जनशक्ति मतदाता शिक्षामा खटिएपनि पूर्वका जिल्लाहरूमा मतदाता शिक्षा कछुवा गतिमा छ ।

दलहरू सिकाउदै
मोरगको लेटाडमा नेकपा एमालेले एक दिन पार्टी अगुवा कार्यकर्ताहरूलाई मतदान कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण नै चलायो । प्रशिक्षण पाएका अगुवा कार्यकर्ताहरू हातमा मत्रपत्र बोकेर भोट माग्दै सूर्यमा मतदान गर्न सिकाउदै घरदैलोमा व्यस्त रहेको भेटिन्छन । लेटाड नगरपालिकाको उपमेयरकी उमेद्धवार कृष्ण कुमारी निरौला भन्नुहुन्छ हामीले भोट मात्रै मागेका छैनौ, मत वदर नहोस भनेर हामीले मतदान गर्ने तरिका सिकाएका छौ । सुनसरी दुहवी ४ कि मिरा राजवँशीलाई भने भोट कसरी हाल्ने थाहा भएको छ । उहाँको घर र छरछिमेकमा भने मतदाता शिक्षा कार्यकर्ता आएर भोट कसरी हाल्ने सिकाएका छन् । सुनसरी इटहरी १५ निवासी सगुनी देवी चौधरी निर्माण मजदुर हुनुहुन्छ । उहाँ छोरी संगिता चौधरी सँग दिनभर घर निर्माणकै काममा व्यस्त हुनुहुन्छ । घरमा एक दिन बिहानै गाईलाई भोट दिन अनुरोध गर्दै उहाँको घरमा केही व्यक्तिहरू आए । उनीहरूले लहरै गाईलाई भोट हाल्नु भनेर मतपत्र देखाएरै सिकाएर गए । नेपाली काग्रेस इटहरी १ ले कञ्चनचौकमा आफ्नो पार्टीको चुनाव चिन्ह रुखमा यसरी भोट हाल्ने भन्ने ब्यानरनै झुण्डाइदिएको छ ।

राजनीतिक दल पार्टीहरूले भोट हाल्न सिकाइहाले पनि आफ्नो पार्टीको चुनाव चिन्हमा मात्र मत हाल्न सिकाउछन् । तर दुई वा त्यो भन्दा बढी पार्टीका व्यक्तिहरूलाई भोट हाल्न चाहने मतदाता कसरी क्रस भोट गर्न सकिन्छ जानकार छैनन् । मोरग उर्लावारीकी सीता शर्मा भन्नुहुन्छ– “स्थानीयतहको निर्वाचन हा,े सबै आफ्नो पार्टीका व्यक्तिलाई मात्र भोट दिने होइन चिनेजानेका र विकासप्रेमीलाई भोट दिने सोचमा छु तर त्यो कसरी गर्न सकिन्छ कसैले सिकाएका छैनन्’’ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: