आमाको बंशजको आधारमा नागरिकताको माग


प्रकाशित मिति :2017-06-01 11:52:33

कविता थापा

काठमाडौँ । नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालले जेठ १४ देखि १६ गतेसम्म गोदावरीमा आयोजना गरेको सम्मेलनले नागरिकता प्राप्तिका लागि ६ बुँदे घोषणापत्र जारी गरेको छ ।

सञ्जालकी अध्यक्ष दीप्ती गुरुङले सबैलाई नागरिकता दिनुपर्ने भन्ने सञ्जालको माग होइन, नेपाली आमाबाट नेपालमै जन्मेर आमाको वंशजको नागरिकता भएर पनि नागरिकताबाट वञ्चित भई पढ्न, लेख्न, र करियर बनाउन वञ्चित हुनु नपरोस् भन्ने सञ्जालको माग हो भन्नुभयो ।

उहाँले सम्मेलनले नागरिकता विहीनहरूको पीडालाई सम्बोधन होस् भन्ने उद्देश्यले गोदावरी घोषणापत्र जारी गरेको जानकारी दिनुभयो ।

उनीहरूले आमा वा बुवा नेपाली नागरिक भएको कुनै व्यक्तिको नेपालमा जन्म भई नेपालमा बसोबास गर्दै आएको भएमा निजले सहज रूपमा वंशजको नेपाली नागरिकता प्राप्त गर्न पाउनुपर्ने, नेपालको संविधानले सुनिश्चित गरेको समानताको अधिकार र नागरिकता प्राप्त गर्ने हकको प्रत्याभूति राज्यले दिलाउनुपर्ने लगायत ५ बुँदे माग समेटिएका छन् ।

सञ्जालकी अध्यक्ष गुरुङले हालै सर्वोच्च अदालतमा आफ्नी छोरीहरूको नागरिकता आमाको नामबाट बनाउन पाउनुपर्ने भन्ने विषयको मुद्दा जित्नुभएको छ । विगत तीन वर्षदेखि उहाँले सञ्जालमार्फत नागरिकताविहीन नेपालीको नागरिकताको लागि आवाज उठाउँदै आउनुभएको छ । कार्यक्रममा नागरिकता र जन्मदर्ताको प्रमाणपत्र नहुँदा शिक्षा आर्जन गर्न, पेसा व्यवसाय गर्न, मोबाइलको सिमकार्ड, बैंक खाता खोल्न, लाईसेन्स बनाउन र उच्च शिक्षा हासिल गर्न समेत वञ्चित हुनुपरेको पीडा सहभागीहरूले पोख्नुभएको थियो । सञ्जालले हाल देशमा नागरिकता विहीनहरूको सङ्ख्या करिब ४६ लाख रहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: