५ हजार १६२ महिला स्थानीय तहमा निर्वाचित


प्रमुख पदमा ३८, उपप्रमुखमा २३८

प्रकाशित मिति :2017-06-01 17:12:50

-महिला खबर-

काठमाडौं । पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा हालसम्म तीन वटै प्रदेशबाट ५ हजार १ सय ६२ महिलाहरु विभिन्न पदमा निर्वाचित भका छन् ।

निर्वाचन आयोगको पहिल्लो तथ्याङ्क अनुसार नगरपालिकाको प्रमुख पदमा ४, उपप्रमुखमा ८५ महिला निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा ८, उपाध्यक्षमा १५३ महिला र वडा अध्यक्षमा २६ महिला निर्वाचित भएका छन् ।

आयोगका अनुसार महिला सदस्यमा २ हजार ४ सय ५६ महिलाहरु निर्वाचित भएका छन् । दलित महिला सदस्यमा २ हजार २ सय ३० जना र खुल्ला सदस्यबाट एक सय जना महिलाहरु निर्वाचित भएको आयोगले जनाएको छ ।

मेयरमा आएका महिला

नगरपालिकाको मेयरमा जुम्लाको चन्दननाथ नगरपालिकाबाट नेपाली कांग्रेसकी कान्तिका सेजुवा,स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा नेकपा एमालेकी सिमा क्षेत्री, नवलपरासीको कावासोती नगरपालिकाको मयेरमा नेकपा एमालेकी चन्द्रा पुन र राप्ती नगरपालिकाको मेयरमा एमालेकी प्रभा बराल निर्वाचित हुनुभएको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित महिला

पहिलो चरणको निर्वाचनमा तिन प्रदेशबाट ८ महिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गीता गुरुङ, तनहुँको म्यादे गाउँपालिकाको वडा अध्यक्षमा कांग्रेसकी माया राना, रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी सीताकुमारी पौडेल, नवलपरासीको हुप्सिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे निर्वाचित हुनुभएको छ ।

यस्तै म्याग्दीको धौलागिरी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेकी थमसरा पुन, लमजुङको दुधपोखरी गाउँपालिकाका अध्यक्षमा कांगेसकी छुपिमाया गुरुङ, सिन्धुली सुनकोसी गाउँपालिकाका अध्यक्षमा माओवादी केन्द्रबाट दिपा बोहरा र सल्यानको कुमाख गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट दिलमाया बुढामगर निर्वाचित हुनुभएको छ ।भरतपुर महानगरपालिकाको निर्वाचनको परिणाम भने आउन बाँकी रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: