भारतको सीबीएसई परीक्षामा महिला विद्यार्थी उच्च स्थानमा


प्रकाशित मिति :2017-06-01 15:58:29

महिला खबर

काठमाडौँ । भारतमा यसै हप्ता प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा पहिलो र दोस्रो स्थान महिला विद्यार्थीहरुले हासिल गरेका छन् । सेन्ट्रल बोर्ड अफ सेकेन्डेरी एडुकेशन (सीबीएसई) ले प्रकाशित गरेको नतिजा अनुसार रक्षा गोपालले ९९.६ प्रतिशत ल्याएर पहिलो भएकी छिन् । उनी एमिटी इन्टर्नेश्नल स्कुल नोएडाकी विद्यार्थी हुन् । डी.ए.भी पब्लिक स्कुल चन्दि«गढकी भूमि सावन्त रेले ९९.४ प्रतिशत अंक हासिल गरेर दोस्रो भईन् ।

आफ्नो सफलताको बारेमा चर्चा गर्दै रक्षा गोपाल भन्छिन् कि उनको उद्देश्य परीक्षामा सबैभन्दा धेरै अंक ल्याउनु थिएन । उनको उद्देश्य परीक्षा राम्रोसँग उत्तिण गर्नु थियो । आफ्ना शिक्षकहरूले विभिन्न प्रश्नपत्रहरु दिएर अभ्यास गराएको र उत्तर दिन दुविधा भएको बेलामा सहयोग गरी धेरेै मिहिनेत गराएको उनी बताउँछिन् । उनका आमाबुवा उनको सफलताबाट धेरै नै खुशी भएका छन् । मानव श्रोत विकास मन्त्री प्रकाश जाभेदकरले ती विद्यार्थीहरुलाई बधाई दिएका छन् ।

साभारः द हिन्दु

http://www.thehindu.com/news/national/topper-raksha-gopal-of-amity-school-secures-996/article18594348.ece

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: