घर बनाइदिनेलाई भोट


प्रकाशित मिति :2017-06-01 16:30:14

यमुना खनाल

सिरहा । यहाँका दलित समुदायले घर बनाइदिने योजना ल्याउने उम्मेदवारलाई मात्र स्थानीय तहको चुनावमा भोट दिने बताएका छन् ।

धनगढी नगरपालिका कुर्वाकी लग्नी सदायले छिमेकी गाँउमा सरकारले घर बनाई दिएपनि आफूहरुलाई विभेद गरेको बताइन् । उनी भन्छिन्–‘के हामी सरकारका मान्छे होईनौ ।’ धनगढीको कुर्वा हनुमान नगरमा करिब ६० घर दलित समुदायको बस्ती छ ।

एक जनाको अंशमा परेको पाँचधुर जग्गामा परिवार बढ्दै जाँदा अहिले पाँच परिवार सम्मको त्यही जग्गामा बसोबास छ । भूमिहिन दलित समुदायहरूको साँघुरो बस्तीमा खानेपानी, शौचालयको समस्या उस्तै छ । पर्शा पोखर भिन्डामा ४ की स्थानीय सन्तोलिया देवी राम पनि वर्षा लागेपछि फुसको घरमा पानी चुईने चिन्ताले सताउछ । हरेक वर्ष आफ्नो पालो आउने हो कि भन्ने आशा पानी पर्न थाले पछि घर आधा डुब्छ । घाग्छ तर कहिल्यै पालो आउदैन ।

वर्षाको पानीले घरको लेवा पानी सँगै बगेर जान्छ । साना साना बच्चा बुच्ची पानीमा डुब्छन् अरू उपाय छैन दुख काटेर पनि त बस्नै परयो नि । छिमेकी गाँउमा सरकारले कोठा घर बनाई दियो हाम्रो लागि बोली दिने कोही भएन । अब जसले यो कार्य्रक्रम गाँउमा ल्याउछ उसैलाई भोट दिन्छौ सन्तोलिया रामले भनिन् ।

स्थानीय उर्मिला राम भन्छिन् ‘वर्षाको पानी सबै घर भित्रै पस्छ ,घर डुब्छ हाम्रो समस्या कसले बुझ्छ ।’ नेपाल सरकारले जनता आभास कार्यक्रम अन्तर्गत सिरहाका ६ वटै निर्वाचन क्ष्ोत्रमा गरिब हरुलाई प्रत्येक वर्ष घर बनाई दिँदै आएको छ । यो आर्थिक वर्ष २०७३÷०७४मा पनि सिरहामा एक हजार घर बनाउने स्वीकृति कार्यक्रम छ । जनता आभास कार्यक्रम अन्तर्ग तराईमा बसोबास गर्ने सबै नागरिकलाई घर बनाई दिने सरकारको दीर्घकालीन योजना छ । तर पर्शा पोखर भिन्डा, धनगढी कुर्वाका दलित समुदायले यो वर्ष पनि कार्यक्रम आफ्नो गाँउमा नपरेपछि यस्तो बताएका हुन् ।

पहिलाको चुनावमा भोट हालेका दलितका बस्तीमा स्थानीयलाई घर बनाई सपना बाडेका राजनीतिक दलहरू चुनावको बेला टिका लगाई दिए पनि चुनाव जितेपछि कोही फर्केर नआएको उनीहरूले गुनासो गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: