विगु गाँउपालिका प्रमुख भन्छन् – महिलाको ऐजेण्डा प्रमुख प्राथमिकतामा


प्रकाशित मिति :2017-06-01 16:44:10

सर्मिला बुढाथोकी

दोलखा । यहाँका दुई गाँउपालिकामा प्रमुख, उपप्रमुख दुवैमा महिला प्रतिनिधित्व छैन । विगु र बैतेश्वर गाँउपालिकामा काँग्रेस र माओवादी केन्द्र गठबन्धन विजयी भएको र दुवै पार्टीले महिला उम्मेदवार नबनाएकोले कार्यकारी पदमा महिला प्रतिनिधित्व नभएको हो ।

तर विगु गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी प्रमुख युधिष्ठीर खड्का कार्यकारी पदमा महिला प्रतिनिधित्व नभएपनि आफूले महिलाहरूको एजेण्डालाई प्रमुखताका साथ अगाडि बढाउने बताउछन् । विगु गाँउपालिकामा प्रमुखमा खड्का र उपप्रमुखमा माओवादी केन्द्रका सन्जीव ओली विजयी भएका छन् ।

विगु गाँउपालिकाको प्रमुख खड्का ग्रामीण भेगमा महिलाहरू विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा पछि परेको उल्लेख गर्दै सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापना गर्ने, ग्रामीण महिलालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, विभिन्न कारणले पढाइलाई अगाडि बढाउन नसकेका पौढ महिलाको लागि पौढ कक्षा सञ्चालन गर्ने, गाँउपालिकाको हरेक वडामा सुविधा सम्पन्न विद्यालय स्थापना गर्ने र सबैलाई निःशुल्क शिक्षा दिने व्यवस्था गर्ने आफ्नो योजना रहेको बताउछन् ।

कार्यकारी पदमा महिला नेतृत्व भएन भनेर कसैले पनि अन्यथा नठान्दा हुन्छ गाँउपालिका प्रमुख खड्काले भने – ‘हामी महिलाको समस्यालाई महिला नेतृत्वले भन्दा बढी महत्त्व दिएर समाधानको तहमा अगाडि बढाउने छौ । उनले विनाशकारी भूकम्पबाट विगु गाँउपालिकाको सिंगटी बजार बढी प्रभावित भएको र भूकम्पले महिलाहरूलाई बढी पीडा भएको उल्लेख गर्दै भूकम्प पीडितहरुको लागि समेत विशेष योजना ल्याउने बताए ।

अहिले पनि अधिकांश भूकम्प पीडित टहरामा बस्नु परेको र त्यसले महिला तथा बालबालिका असुरक्षित रहेको उल्लेख गर्दैै गाँउपालिका प्रमुख खड्काले भने – विगु गाँउपालिकाले भूकम्प पीडितको स्थाई आवास निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । प्रमुख खड्का गाँउपालिकाले हरेक वडामा सडकको सहज पहुँच पु¥याउने लक्ष्यका साथ काम सुरु गरेको समेत बताउछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: