आरक्षित सिट बारे दलित महिला बेखबर


प्रकाशित मिति :2017-06-02 14:02:55

यमुना खनाल

सिरहा । जिल्लाका ग्रामिण बस्तीका दलित महिलाले स्थानीय तहको निर्वाचन हुन्छ रे भन्ने कुरा मात्र सुनेका छन्, चुनाव कहिले हुदैछ नत तिथिमिति थाहा छ, नत स्थानीय तह निर्वाचन ऐनले दलित महिलाहरुलाई दिएको आरक्षित सिट बारे नै थाहा छ उनीहरुलाई ।

स्थानीय तह निर्वाचन ऐनले प्रत्येक वडामा एक जना दलित महिला सदस्यमा उम्मेदवारी अनिवार्य गरेको छ । तर निर्वाचन ऐनमा लेखीएकोे आरक्षित सिट बारे आफुहरुलाई जानकारी नभएको सिरहाको पतारी गाउँपालिका रामपुर पिप्राका वडा नं.१ की बेचनी देबी रामले बताईन् । ‘वडामा दलित महिला सदस्य अनिर्वाय उठाउनुपर्ने व्यवस्था बारे हामीलाई थाहा छैन,यस बारे जानकारी दिन हाम्रो टोलमा कोही आउनुभएको पनि छैन ।’

पतारी गाउँपालिका पिप्रा टोलमा एक सय पचास घरधुरी खत्बे, साफी ,राम, सदाय, कामैत लगायतका दलित समुदायको बसोबास छ । एक सय घरधुरी भएको यो दलित बस्तीमा सामान्य साक्षर पनि छैनन् ।

पिप्राकै बेचनी जस्तै गीता सरदारलाई पनि स्थानीय तहको निर्वाचन ऐनले वडामा दलित महिलाको अनिवार्य प्रतिनीधित्व हुनुपर्ने व्यवस्था बारे आफुहरुलाई जानकारी नै नभएको बताईन् । दलित बस्तीका महिलाहरु कुनै छलफलमा गयो र बोल्यो भने “तु कथि बुझैछिही जनीजाइत भक, जनीजाइत कथि बुझैछै, पन्चायती कर एली कहैछै ।”(तैले के बुझेको छस् , महिला भएर तैले के बुझ्छेस पन्चायती गर्न आएकी ) भनेर होच्याएर कुरा गर्छन् । अनि हामीले कसरी थाहा पाउने सरदार भनिन् ।

साबिक पर्शापोखर भिन्डा गाउँपालिका वडा नंम्बर ४ का दलित बस्तीको पनि अवस्था त्यस्तै छ । वडा नं.४ मा ३० घरघुरी दलितहरुको बसोबास छ । दलित टोलका नागरिक चुनाव सम्बन्धि कुनै छलफलमा सहभागी नभएको बताउछन् । कसैले आफुलाई सोधखोज पनि गरेका छैनन् । ज्यालादारी गरि खाने उनीहरु पनि आफ्नै रोजीरोटीमा व्यस्त छन् । स्थानीय सीता मोची भन्छिन् ‘हामी सरकारका मान्छे होईनौ हामीलाई कसले भन्छ । समुहको छलफलमा जाँदा चुनाव हुदैछ भन्ने थाहा पाएको हो । तर वडामा अनिवार्य दलित महिलाको प्रतिनीधित्व बारे थाहा छैन ।’

दलहरुले तराईमा बसोबास गर्दै आएका दलित समुदायलाई भोट बैकका रुपमा प्रयोग मात्र गर्ने तर उनीहरुका हकअधिकार,निर्वाचन एनेले गरेको व्यवस्था बारे जानकारी नगराउँदा निर्वाचन ऐनले स्थानीय तहमा आफ्नो समुदायको उपस्थिति सुनिश्चित गरेको बारे दलितहरुलाई जानकारी नभएको मधेश फाउन्डेसन सिरहाका संयोजक राम भजन यादबले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: