तोकेको भन्दा कम खर्च गरेर निष्कलंक मेयर बन्नेछु: मनिता घिमिरे


प्रकाशित मिति :2017-06-02 14:39:19

महिला खबर

सुनसरी । धरान उपमहानगरपालिकामा एमाले र एमाओवादीले मेयरको उम्मेदवार लगभग निश्चित गरे पनि नेपाली काग्रेसँले कसलाई टिकट दिन्छ अन्यौल नै छ । काँग्रेसका युवा नेत्री मनिता घिमिरे भने सशक्त दावेदारी प्रस्तुत गरिरहनुभएको छ ।

महिलालाई टिकट दिदा रातविरात समय निकाल्न सक्दैनन, खर्च गर्न सक्दैनन भन्ने आरोप लागिरहदा घिमिरेले निर्वाचन आयोगले तोकेको सीमा भन्दा कम खर्च गरेर चुनाव जित्ने दाबी गर्नुभएको छ । उहाँ भन्नुहुन्छ “म धरानको मेयरको दावेदार हुँ । टिकट पाएँ आयोगले तोकेको भन्दा कम खर्च गरेर निष्कलंक मेयर बन्नेर्छु ।’’ उहाँ उल्टै प्रश्न गर्नुहुन्छ “ म नयाँ चुनावी संस्कृति, नयाँ राजनीतिक संस्कृतिको पक्षमा छु ।

मेयरको टिकट मैले नै पाउँछु भन्ने विश्वास छ र टिकट पाएपछि म खर्च गर्दिन । पार्टी कार्यकर्ता र जनता साथमा हुनेले किन खर्च गर्नु ? आफू भ्रष्टाचार विरोधी भएका कारण पनि चुनावमा बढी खर्च नगर्ने अडानमा हुनुहुन्छ । उहाँको भनाई छ “चुनावमा गरेको खर्च उठाउन मेयरमा जितेपछि भ्रष्टाचार गर्नुपर्ने हुन्छ । म भ्रष्ट बन्न होइन इमानदारीको नमुना बन्न मेयर बन्न प्रयास गरिरहेकी छु । म नेपालकै नमुना र निष्कलङ्क मेयर बन्न चाहन्छु । त्यसैले म चुनावमा खर्च गर्दिन ।”

उहाँ आफूले मेयरमा जीतेर नयाँ युग र नयाँ उचाइमा धरानलाई पुराउने प्रतिबद्धता जनाउनुहुन्छ । घिमिरे यसअघि पनि टिकटको माग गर्दै पार्टी शीर्ष नेताहरूलाई पत्र लेखेर चर्चामा हुनुहुन्छ । नेपाली काग्रेस क्षेत्र नम्बर १ कार्य समिति सदस्य घिमिरेले पार्टी सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र सुनसरी सभापति राजिव कोइराला लाई पत्र लेखेर आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको थियो । पहिलो चरणको चुनावमा अधिकांश ठाउँमा पार्टीले महिलालाई उपप्रमुखमा मात्र सीमित राखेकोमा असन्तुष्ठि जनाउदै दोस्रो चरणको निर्वाचनमा सच्याउनुपर्ने पत्रमा उल्लेख गर्नुभएको थियो ।

नेपाली काग्रेस कमजोर रहेको ठाउँमा पनि महिला उमेद्धवारले सम्मानजनक मत पाएको घिमिरेको भनाई छ । महिला प्रतिनिधित्वमा नेपाली काँग्रेस अग्रणी बन्न सक्नुपर्नेमा जोड दिँदै घिमिरेले दोस्रो चरणको चुनावमा धेरै स्थानमा महिलालाई प्रमुखको उम्मेदवार बनाउन पार्टी नेतृत्व सँग आग्रह गर्नुभएको छ । दोस्रो चरणमा महिलालाई अत्याधिक ठाउँमा प्रमुखको उम्मेदवार बनाउँदा पार्टीको चुनावी अभियानलाई ठुलो सघाउ पुग्ने उहाँको दाबी छ । उहाँले पत्रमा काग्रेसलाई तालमेल नसुहाउने गर्ने परे संविधान निर्माणको सहयात्री एमाले सँग मात्र गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँको दाबी छ उपयुक्त उमेद्धवार बनाउनु भनेको आधा चुनाव जित्नु हो । उहाँको उपमेयरमा चर्चा भइरहेका वेला मनिताले मेयरमै दाबी गर्नुभएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: