जर्वजस्ति करणीः पीडितले क्षतिपूर्ति नै पाउन सक्दैनन्


प्रकाशित मिति :2017-06-02 16:08:37

सर्मिला बुढाथोकी

दोलखा । जर्वजस्ती करणीको घट्नामा पीडित महिलाको पक्षका अदालतले फैसला गरे पनि फैसला अनुसार क्षतिपुर्ति पाउन व्यवहारिक समस्या हुने गरेको पीडितहरुको गुनासो छ । गौरीशंकर गाउँपालिकाकी कान्छीमाया (नाम परिर्वतन) छिमेकीको जर्वजस्तीबाट गर्भवती बनिन् । उजुरीका आधारमा उनलाई प्रहरीले उद्धार गरी संस्थाको आश्रयमा राख्यो । आश्रय स्थलमा नै उनले छोरा जन्माईन् । दोषीको पहिचान गरी अदालतले पीडकलाई २०७३ कार्तिक २९ गते मुलुकी ऐन जर्वजस्ती करणी महलको १० (क) र १० (ग) बमोजिम क्षतिपुर्ती भराउने फैसाला ग¥यो । तर अदालतले फैसला गरेको क्षतिपूर्ति आफूले अहिलेसम्म पनि पाउन नसकेको पीडित कान्छिमायाको भनाई छ ।

भीमेश्वर नगरपलिकाकी हेमा (नाम परिर्वतन) को समस्या पनि उस्तै छ । उनी पनि जर्वजस्ती करणीबाटै गर्भवती भई छोरी जन्माएर संस्थामा आश्रय लिईरहेकी छन् । पीडकलाई कानुनी कार्वाही सोरुप मुलुकी ऐन जर्वजस्ती करणी महलको १० (क) र १० (ग) बमोजिम ०७२ भदौ १६ गते जिल्ला अदालत दोलखाले ५ वर्ष जेल सजाय र ५० हजार पीडितलाई क्षतिपुर्ति भराउन फैसला गरेको छ । हेमाले भनिन् – अहिलेसम्म मैले क्षतिपूर्ति पाउन सकेको छुईन ।

यी दुई प्रतिनिधि पात्र मात्र हुन् । जर्वजस्ति करणीका यस्ता धेरै घट्ना छन् जहाँ पीडकले कानुनी सजाय त पाएका छन् तर पीडितले क्षतिपूर्ति भने पाउन सक्दैनन् । महिला मानव अधिकारकर्मी सिर्जना कार्की भन्छिन् – जर्वजस्ति करणीका घट्नामा पीडितले न त अदालतले फैसला गरे अनुसार क्षतिपूर्ति पाउन सक्छन् न जर्वजस्ति करणीबाट जन्मिएका बच्चाको पालन पोषणको व्यवस्थानै हुन सक्छ ।

कार्कीको बिचारमा कानुनी रुपमामात्र हैन व्यवहारिक रूपमै पीडितले क्षतिपूर्ति पाउने र जर्वजस्ति करणीबाट जन्मिएको बच्चाको पालन पोषण पीडकलेनै गर्ने व्यवस्था गरिनु पर्छ । कानुनी प्रावधानको व्यवहारिक कार्यान्वयन भएन भने पीडकले सजाय पाएपनि पीडितले वास्तविक न्याय पाउन नसक्ने कार्की बताउछिन् ।

नेपाल बार एसोशीयसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत पनि जर्वजस्ति करणीका घट्नामा पीडकले सजाय पाउने भए पनि पीडितले क्षतिपूर्ति पाउने कुरामा समस्या देखिएको बताउछन् । जर्वजस्ति करणीको मुद्धा फैसला हुँदा पीडकलाई जेल सजायसंगै पीडितलाई क्षतिपूर्ति दिने कुरा पनि तत्कालै हुनुपर्ने र जर्वजस्ति करणीबाट जन्मिएको बच्चाको पालन पोषण पीडकले गर्नुपर्ने कानुनी प्रावधान रहनु पर्ने बारका अध्यक्ष अधिवक्ता बस्नेत बताउछन् ।

अहिलेको कानुनी प्रावधान अनुसार जर्वजस्ति करणीको घट्नामा पीडकबाट पीडित महिलालाई आधी अंश दिलाउनु पर्ने भए पनि अंश लिने कुरामा पीडितले धेरै चासो दिने अवस्था नहुने र पीडिकको अन्य अंशियारले थप मुद्धा गर्ने अवस्था हुने भएकोले पनि क्षतिपूर्तिमा समस्या देखिएको बस्नेतको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: