नगर कार्यपालिकामा ५ महिला विजयी


प्रकाशित मिति :2017-06-02 16:31:47

महिला खबर

रामेछाप । मन्थली नगरपालिकाको नगर कार्यपालिकामा काँग्रेस र माओवादीको तालमेल रहेको प्यानलबाट ५ महिला सदस्य विजयी बनेका छन् । वडामा विजयी महिला सदस्यहरू मध्येबाट नगर कार्यापालिकामा ५ महिला मनोनीत गर्ने प्रावधान अनुरूप निर्वाचन प्रक्रियाबाट नै उहाँहरू चुनिएको हो ।

निर्वाचित हुनेमा काँग्रेसका यशोदा श्रेष्ठ, विमला रम्तेल र हिरा कुमारी गिरी विजयी बन्नु भएको छ । उहाँहरूले क्रमशः ४०, ३८ र ४० मत प्राप्त गर्नु भएको छ । त्यस्तै माओवादी केन्द्रबाट मनिता श्रेष्ठ र शान्ति तमाङ विजयी हुनु भएको छ । उहाँहरूले ३८र३८ मत प्राप्त गर्नु भएको छ ।

नगरप्रमुख, उपप्रमुख र वडा तहका पदाधिकारीहरुको निर्वाचन पश्चात् वडामा विजयी महिला मध्येबाट नै नगर कार्यपालिकाको सदस्य बन्न पाउने कानुनी व्यवस्था रहेको छ ।

विजयी सदस्यहरूलाई शुक्रवार नै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश किरण प्रसाद शिबाकोटीले पदको शपथ ग्रहण गराउनु भएको थियो । जिल्लाका २ नगरको नगर कार्यपालिका र ६ गाउँ पालिकाको गाउँ कार्यपालिकालाई पूर्णता दिने काम भई रहेको छ । यसरी गरिएको व्यवस्थालाई हेर्ने हो भने नगर र गाउँ कार्यपालिकाका धेरै निर्वाचित महिला प्रतिनिधि दोहोरो जिम्मेवारी प्रस्तुत हुने भएका छन् भने उनीहरूमा जिम्मेवारी समेत थपिएको छ ।

जनताले विश्वास गरेर मत दिएर विजयी गराए तर पनि तिनै जनताले मत दिएर विजयी गराएका प्रतिनिधिहरूले समेत निर्वाचन प्रक्रियामा मत दिएर जिम्मेवारी माथि पनि अर्को जिम्मेवारी थपि दिनु भएको छ जिम्मेवारीलाई पूरा गरेर नै छाडने नव निर्वाचित मन्थली नगर कार्यपालिकाकी सदस्य यशोदा श्रेष्ठले बताउनु भयो । नगर र गाउँ कार्यपालिकालाई पूर्णता दिने र परिणाम आउने क्रम जारी रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: