प्रजनन स्वास्थ्य सम्बन्धी विधेयक १५ दिनभित्र संसदमा


प्रकाशित मिति :2017-06-04 11:18:08

महिला खबर

काठमाडौँ । प्रजनन स्वास्थ्य सम्बन्धी विधेयक कानुन मन्त्रालय र मन्त्रीपरिषद् हुदैँ १५ दिनभित्र व्यवस्थापिका संसदमा प्रस्तुत हुने भएको छ ।
प्रजनन स्वास्थ्य अधिकार कार्य समूह सञ्जालले आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले जाँदा जाँदै सो विधेयकलाई थप अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

संविधानको मौलिक हकमा व्यवस्था गरिएको प्रजनन अधिकारलाई कानुनत स्थापित गर्न र नेपालको यस सम्बन्धी प्रतिवद्वता पुरा गर्न उक्त विधेयक यथाशिघ्र पारित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिँदै आएका छन् ।

सो विधेयक तयार गर्न मन्त्री परिषद्ले दुई साताअघि स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो ।

मन्त्री थापाले भन्नुभयो,‘आइतबार कानुन मन्त्रालयमा विधेयक पठाइने र बढीमा दुई साताभित्र मन्त्रीपरिषद्मा छलफल भई संसदमा पुग्नेछ । सरकार परिवर्तन भएपनि यो मन्त्रालयको प्राथमिकताको विषय बनिसकेकोले कुनै प्रभाव नपर्नेमा म विश्वस्त छु ।’’

उहाँले संविधान निर्माणका क्रममा मौलिक हकसम्बन्धी समितिमा रहेर प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा चासो दिदैँ आएको र हाल अधिकारकर्मीहरुसँगको निरन्तर दवावको कारण विधेयकको मस्यौदा तयार हुन सकेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सो कार्य समुह सञ्जालको तर्फबाट सञ्चारिका समुहका अध्यक्ष निर्मला शर्माले प्रजनन विधेयक ल्याउन र स्वास्थ्य क्षेत्रमा सुधारका कामको नेतृत्व गरेकामा मन्त्री थापालाई खादा ओढाई सम्मानित गर्नुभयो ।

महिला, कानुन र विकास मञ्चका अधिवक्ता एवं अधिकारकर्मी सविन श्रेष्ठले प्रस्तावित विधेयकमा सुरक्षित मातृत्व, किशोरकिशोरीको अधिकार, अपाङ्गता भएका महिला तथा प्रजनन् स्वास्थ्य रुग्णता सम्बन्धी अधिकार र दण्डसजाय सम्बन्धी व्यवस्था भएको बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समुहका कोषाध्यक्ष यशोदा अधिकारीले विधेयकले महिलाको प्रजनन अधिकार स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

सो कार्य समूहमा राष्ट्रिय महिला आयोग, एफडब्लुएलडी, सञ्चारिका, सुनौलो परिवार नेपाल, कृपा, यिबोण्ड बेइजिङ कमिटी, मेरी स्टोभ्सलगायत १५ संस्था आवद्ध छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: