गिता र तारा जसले भेटेको २ लाख बुझाए


प्रकाशित मिति :2017-06-04 11:43:34

महिला खबर

पोखरा । ‘पैसा देखे पछि महादेवको पनि त्रिनेत्र’ भनेर उखान गर्नेहरुको भीडमा गिता अधिकारी र तारा लूूँइटेल सच्चाइका पात्र भएर आज आफ्नो इमान्दारीता प्रस्तुत गरेका छन् ।

जेठ दश गते पन्थि गल्लिको सर्वेश्वर मार्गमा फरक फरक ठाउँमा भेटाएको दुई लाख रकम सम्बन्धीत व्यक्ति माछापुच्छ्रे गाउँपालिका वडा नं ४ भाटथरका हरि रानाभाटलाई हस्तान्तरण गरेर उनीहरुले आफ्नो इमान्दारीता प्रस्तुत गरेका हुन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नंं २५ हेम्जा सुँइखेत घर भई हाल सर्वेश्वर मार्ग पोखरा ४ (पन्थी गल्ली) मा व्यवसाय गरी बस्ने सुसिल रेडिमेड सप्लार्यसका गिता अधिकारी र लूइँटेल रेडिमेड सप्लायर्सका तारा लुँइटेलले उक्त रकम फेला पारेका थिए ।

तीन दिन सम्म रकम खोज्न कोहि नआएपछि जेठ १३ गते सामाजिक संजाल र संचार माध्यमबाट पत्रकारलाई प्रचार प्रसार गरिदिन आग्रह गरेका थिए । पत्रकार जमुना वर्षा शर्मा, गोमा घिमिरे र सन्देश श्रेष्ठले सामाजिक संजाल फेसबुक, अनलाइन र रेडियो अन्नपूर्णबाट उक्त सुचनालाई प्रशारण गरेका थिए ।

सोहि सुचनाका आधारमा जेठ १५ गते हरि रानाभाटका सम्पर्कमा आएका थिए । सानिमाको छोराको मृत्यु भएकाले नेपालगञ्ज रहेका उनले आफु प्रमाण सहित १८ गते विहिबार गिता र तारालाई भेटेका थिए । प्राप्त प्रमाण केहि अपुग भएकाले उनले बाँकी प्रमाण सहित शुक्रबार उक्त रकम आफ्नो भएको दावि गरे । सोहि प्रमाणका आधारमा कैलाश बैकका अपरेशन हेड लक्ष्मी शर्मा कँडेल, जिप्रका कार्यालय कास्कीका डिएसपी खड्क खत्री र सर्वेश्वर टोलका व्यवसायि, पत्रकारको रोहबरमा उक्त रकम औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

विजिनेस भिसामा चाइना जान लागेका रानाभाटले कैलाश विकास बैंक बाट दिउँसो साढे एक बजे तिर ७ लाख निकालेर नेपाल बैंक बगर शाखामा डिपोजिट गर्ने आफ्ना ज्वाँइ दिपक रानाभाटसँग पुगेका थिए । उनले नेपाल बैंक बाट पुजा पन्थि र सरोज कुमार थापाको नाममा ५ लाख डिपोजिट गरेर बाँकी २ लाख एन सि.सि बैंकमा जम्मा गर्न पन्थि गल्लिको बाटो हुँदै आउँदा उक्त रकम खसालेका थिए ।

चिप्लेढुंगामा पुगरे हेर्दा झोलाको चेन पुरै खोलिएको अवस्थामा रकम नदेखे पछि उनी झसँग भएका थिए । सोहि बाटोमा पैसा खोज्दै हिडे पनि उनले कसैलाई नसोधेको बताए । नेपाल बैंक र कैलाश बैंकमा भने उनी दुई लाख हराएको भन्दै खोज्न पुगेका थिए ।

कैलाश बैंकले सिसि क्यामेराको फुटेज देखाएर पुरै रकम लगेको बताएका थिए । भने नेपाल बैकले पाँच लाख जम्मा भएको बाँकी रकमको बारेमा थाहा नभएको बताएपछि हरि निराश भएर फर्किएका थिए । घरमा परिवारलाई तनाव हुन्छ भनेर भन्न नसकेका उनले सामाजिक संजाल अनि गिता र ताराको इमान्दारिताले हराएको खुशी फर्किएको प्रतिक्रिया दिए ।

‘म एकदमै खुशी छु ,आश मारेको पैसा यसरी दिनु भयो ।’ उनले दुवैलाई उपहार स्वरुप हाते घडि प्रदान गरेका थिए ।

मिहिनेत र आफ्नै पौरखको धनमा मात्रै रमाइरहेका तारा र गिताले बाटोमा पैसा भेट्दा हात कामेको बताए । ‘रकम पाए सँगै कसको होला भन्ने चिन्ताले सताएको थियो । आज सम्बन्धती व्यक्तिलाई बुझाउन पाउँदा निकै खुशी लागेको छ ।’ तारा लुइँटेलले भनिन् । ‘आजबाट आनन्दले निन्द्रा लाग्ने भयो’ गिता अधिकारीले पनि प्रसन्न मुद्रामा आफ्ना अभिव्यक्ति दिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्क खत्रीले लुइँटेल र अधिकारी यो समाजका उदाहरणीय पात्र भएको भन्दै उनीहरुको इमान्दारीताको प्रशंशा गर्दै धन्यवाद दिएका थिए । यतिबेला सामाजिक संजाल देखि जताततै तारा र गिताको इमान्दारीताको प्रशंसा भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: