अछाममै पहिलो पटक छोरीले दिइन् बाबुलाई दागबत्ती


प्रकाशित मिति :2017-06-04 14:36:28

महिला खबर

काठमाडौं । अछाममा पहिलो पटक छोरीले बुबाको दागबत्ती दिएकी छन् । पुरुषले मात्रै दागबत्ती दिनुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकातियाका १४ वर्षीय दुर्पता वि.कले बाबु कालु सिंहको दागबत्ती दिएकी हुन् ।

मृतक कालु सिंहका दुई छोरा भारतको बम्बईमा रहेको र दाजुहरु आउन ढिला हुने भन्दै दुर्पताले शनिबार बाबुको दागबत्ती दिइन् ।

आफन्त र गाँउलेहरुले छोरीले दाह संस्कारको काम गर्न हुन्न भन्दै विरोध जनाएपनि आफूले बाबुको दागबत्ती दिन पाउनुपर्ने भन्दै दुर्पताले कैलाशखोला नदीमै पुगेर दागबत्ती दिएकी हुन् ।

काकाका छोराहरुले दागबत्ती दिने पारिवारिक सल्लाहको थियो तर भारतमा रहेका दुई दाजुभाईले बहिनीले नै अन्त्योष्टी गर्नु भनेपछि दुर्पताले दागबत्ती दिएकी अछामका पत्रकार शिवराज ढुङगानाले जानकारी दिनुभयो ।

अछाममा महिलाले दागबत्ती दिएको यो पहिलो घटना भएको समेत पत्रकार ढुङगानाले बताउनुभयो । ६२ वर्षीय सिंहको उपचारका क्रममा बयलगडा अस्पतालमा मृत्यु भएको थियो । दुर्पता गाउँकै पुर्णचन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: