बढ्दैछ बालिका माथिको यौन दुर्व्यवहार


प्रकाशित मिति :2017-06-04 16:42:08

सन्दिप वि.क

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिकाकी ६ वर्षीय बालिकालाई घर नजिककैका एक पुरुषले २०७३ गत साउनमा बलात्कार गरे । बालिकारको घटना थाहा पाएपछि बालिकाका परिवारले थानकोट चेकपोष्ट प्रहरी कार्यालयमा उजुरी दिए । उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता ग¥यो । मुद्धाको करिब एक वर्षपछि २०७४ बैशाखमा न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजालसले पीडकलाई ११ वर्षको जेल सजाय सुनाएको छ ।

पीडित बालिकाकी आफन्तले भनिन् ‘अहिले नानी ७ वर्षकी भइन् । अहिलेपनि बेला बेलामा एकोहोरो भएर टोलाउने, झस्किने गर्छिन् ।’ यद्यपी पीडितलाई कारबाही भएपछि उनीहरुले न्याय पाएको अनुभव गरेका छन् ।

यस्तै ललितपुर बुंगमती नजिक जंगलमा ८ वर्षीय बालिकालाई लगाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १६ वर्षीय ईशुक कपालीलाई गत बैशाख ३० गते प्रक्राउ ग¥यो । यो त एउटा उदाहरण मात्रै हुन् । समाजमा बालिकामाथि बलात्कार तथा यौन दुव्र्यवहारका घट्ना बढ्दै गएको छ ।

जिल्ला अदालत काठमाडौंमा यो आर्थिक वर्षको चैत्र मसान्त सम्ममा ८ वटा बालिकामाथि यौन दुव्र्यवहारको घटनामा मुद्धा दर्ता भएको अदालतका मुद्धा दर्ता शाखाका शाखा अधिकृत टिका सिं खत्रीले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा ५ वटा बालिकामाथि यौन दुव्र्यवहारका घटना भएको खत्रीले जानकारी दिनुभयो । केन्द्रीय बालकल्याण समितिका अनुसार २०७२ साल बैशाखदेखि चैत्र महिलासम्म ४४ जना बालबालिका बलात्कारबाट पीडित भएका घट्नाहरु प्रकाशमा आएको थियो ।

बालबालिका सम्बन्धी काम गर्ने संस्था सिविन नेपालका अनुसार सन् २०१६ मा १२८ जना बालिका यौन दुव्र्यवहारमा परेका थिए भने सन् २०१७ को मे महिनासम्म ३३ जना बालिका यौन दुव्र्यवहारमा परेका संस्थाका हेल्पलाइन इन्चार्ज भरत अधिकारीले जानकारी दिनुभयो ।

जबरजस्ती करणी गरेको ठहर भएमा मूलूकी ऐनको महल १४ अन्र्तगत दश वर्ष भन्दा मुनिकी बालिका भए दशदेखि पन्ध्र बर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

त्यसैगरी सोही मलले दश वर्ष वा सो भन्दा माथि चौध वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि १२ वर्ष सम्म, चौध वर्ष वा सो भन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: