पार्वती पाण्डे
कपिलवस्तु । शिवराज नगरपालिकाको उपमेयरमा थारु समुदायकि २४ वर्षिय शिवकुमारी थारुलाई एमालेले उम्मेदवार उठाउने घोषण गरेको छ ।
चन्द्रौटामा नेकपा एमालेले उम्मेदवार सार्वजनिक कार्यक्रममा शिवकुमारीलाई नगरपालिकाको उपमेयरमा उठाउने घोषण गरेको हो ।
आफ्नै पहिचानमा सजिएकि युवा नेत्री शिवकुमारीले जब भाषण गर्न थालिन,सबैको ध्यान उनी तिरै केन्द्रित भयो । ‘मलाई यो अवसर एमालेले प्रदान गरेको छ । यो अवसरलाई साच्चिकै जितको शिखरमा पुर्याउने काम आम नागरिकले हो , भारी मतको अपेक्षा राखेकि छु ।’शिवकुमारलिे भनिन्
उनले पछाडि पारिएको थारु समुदायको प्रतिनिधित्व गरेकोले सबैको साथ दिए जित हासिल गरेर थारु समुदायक पिडा समस्याहरुलाई समाधान गर्ने र विकास गर्ने लक्ष्य बोके बताई ।
उनले शिवराज नगरपालिकालाई हिंसामुक्त शहर बनाउने ,पछाडि परेका,राज्यको मुल प्रवाहमा आउन नसकेका अल्पसंख्यक , मुस्लिम , तेस्रो लिंङ्गी समुदायलाई अगाडि बढाउन काम गर्ने बताईन् ।
Comment Here!