बालिका करणी गरेको आशंकामा दुई पक्राउ


प्रकाशित मिति :2017-06-04 17:43:18

-महिला खबर-

काठमाडौं । चितवनको माडी ६ रामराज्यपुर मझुवामा बालिका जबरजस्ती करणी गरेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय माडीले जबरजस्ती करणी गरेको आशंकमा दुई जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको माडी प्रहरी कार्यालयले जनाएको छ । शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका दिनेश परियारकी छोरी १२ वर्षीया दीपशिखा परियार र दुर्गा सुनारकी छोरी सात वर्षीया दीपिका सुनार पानीमा बेहोस अवस्थामा फेला परेको थिए । डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

घट्नाको छानविन गरी दोषिलाई कारबाहीको माग राख्दै स्थानीयले आइतबार जिल्ला प्रहरी चिवनमा ज्ञापन पत्र बुझाएका छन् भने ईलाका प्रहरी कार्यालय माडीमा धर्ना दिएका स्थानीय सन्तोष पनेरुले जानकारी दिनुभयो ।

यस्तै घटनाको सम्बन्धमा तथ्यगत रुपमा अनुसन्धान गरी घटनामा संलग्नलाई खोजी, पीडित पक्षलाई न्याय महसुस गराउन र कानुनी राज्यको स्थापित गर्न गराउन प्रशासन समक्ष मानव अधिकारकर्मीहरुले आइतबार दबाब दिएका छन् ।

साथै पछिल्लो समय चितवनमा बालबालिकाहरु बाल यौन दुव्र्यबहार, बलत्कार, बलत्कारप्रयास, वेचविखन जस्ता गम्भीर अपराधको शिकार भइरहेको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको अधिकारकर्मीहरुको भनाइ छ ।

बालिकालाई न्यायको माग गर्दै आइतबार १९ जना अधिकारकर्मीले संयुक्त रुपम प्रेस विज्ञप्ती जारी गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: