हिंसा अन्त्यको लागि भिडियो भ्यान सचेतना


प्रकाशित मिति :2017-06-05 12:18:02

सर्मिला बुढाथोकी

दोलखा । बिहिबार साँझपर्दै गर्दा सदरमुकाम चरिकोट चोकमा एउटा भ्यान रोकियो । भ्यानमा हिंसा केहो ? न्याय पाउनका लागि कहाँ जान सकिन्छ ? बालविवाह किन ठिक छैन जस्ता सन्देश मूलक सामाग्री टाँसिएका थिए ।

चोकमा मानिसको चहलपहल बढ्दै गएपछि उद्घोषकले सचेतामुलक नाटक प्रदर्शन गर्ने जानकारी गराए । चोक भरी छरिएर बसेका सबै मानिस गोलबद्ध भए ।

नाटकको श्रृङखला सुरु भयो । महिला हिंसा बिरुद्धको ३६५ दिने अभियान अन्तर्गत महिला तथा बालबालिका कार्यलयको समन्वय, सञ्चारिका समुह र जुरी नेपालको सहकार्य एवं मानव अधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन) आयोजनामा भिडियो भ्यान सचेतना कार्यक्रम शुरु गरिएको हो । कार्यक्रम प्रस्तुत गर्नु अघि महिला हिंसामा आधारित बृत्तचित्र प्रदर्शन गरिएको थियो ।

अन्तक्रियात्मक, प्रश्नोत्तर, बृत्तचित्र प्रदर्शनी र नाटक मञ्चन विधीबाट गरिएको कार्यक्रम हेरेकी दोलखा शैलुङ गाउँपालिकाकी पञ्जली तमाङले यस्तो कार्यक्रम कहिल्यै नहेरेकाले आफ्नो लागि नौलौ लागेको बताईन् । ‘केही गल्तीनै नगरी जाँड खाएर श्रीमती त हाम्रो गाउँमा नि कुट्छन् तर कुट्यो भन्दैमा सहनु हुन्न रहेछ भन्ने सन्देश पाए ।’ उनले भनिन् ।

अर्की दर्शक अस्मिता माझीले पारिवारिक कलहले बालबालिकामा नराम्रो असर गर्ने, बालविवाह सामाजिक अपराध हो भन्ने कुरा बुझेको बताईन् । चरिकोटकी सुमना थापाले फरक तरिकाबाट दिन खोजिएको सन्देश प्रभावकारी र कार्यक्रममा नयाँपन भएको बताइन् । उनले भनिन्– दर्शकको ध्यान केन्द्रित त गराउनका लागि प्रश्नको जवाफ दिनेलाई आकर्षक पुरस्कार दिनु र धेरै जानकारी दिन अपनाइएको तरिका कार्यक्रमको सिर्जनात्मक पक्ष हो ।

स्थानीय कलाकारले प्रस्तुत गरेको नाटक श्रृङ्खलामा घरेलु हिंसा, बालविवाह, चेलिबेटी बेचविखन लगायतका गतिविधिले निम्तने समस्या र समाधान तथा कानुनी उपचारका लागि के गर्न सकिन्छ भन्ने उपायबारे प्रष्ट पारिएको थियो भने रामेछाप र कपिलबस्तुका हिंसा पीडित महिलाको समस्या समेटर तयार पारिएको सन्देशमुलक बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा स्थानीय बिकास अधिकारी शंकर नेपालले हिंसाको अन्त्य घरबाट गर्नुपर्ने बताउनुभयो । इह्रिकनकी संयोजक रोश्ली पाख्रेलले मनोरञ्जनात्मक तरिकाले

चेतना दिनका लागि बृत्तचित्र, सडक नाटक, अन्तक्रिया, हाजिरी जवाफ जस्ता विधिबाट कार्यक्रम सञ्चालन गरिने र यस्तो कार्यक्रम समुदायको सवालसंग जोडिने आशा व्यक्त गर्नु भयो । सचेतना कार्यक्रमको उद्घाटन भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले गर्नु भएको थियो । भिडियो भ्यान सचेतना कार्यक्रम तामाकोशी गाउँपालिकाको जफे र भिरकोटमा समेत गरी ६ स्थानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: