वातावरण पत्रकारिता पुरस्कार पत्रकार ढकाललाई


प्रकाशित मिति :2017-06-05 12:44:09

महिला खबर

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘‘वातावरण पत्रकारिता पुरस्कार’’ सन् २०१६ का लागि कारोबार दैनिकका संवाददाता श्री प्रगति ढकाललाई प्रदान गर्ने भएको छ ।

प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१६ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार प्रदान गर्ने गरेको समूहले जनाएको छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१६ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । सङ्कलित सामग्रीको आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक पी. खरेल संयोजक, कार्यसमिति विज्ञ सदस्य तथा वातावरणविद् सूर्यमान शाक्य र वरिष्ठ पत्रकार हरिकला अधिकारी रहेको छनौट समितिले मूल्याङ्कन गरेको थियो ।

समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुमध्ये सान्दर्भिकता, गहनता, विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता समेतका आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरेको थियो ।

पत्रकारिता विषयमा स्नातकोत्तर तह अध्ययनरत ढकाल कारोबार दैनिकमा संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१६’ पाउने उहाँ ३०औँ पत्रकार हुनुहुन्छ ।

पुरस्कारमा २५ हजार रुपियाँ नगद र प्रमाण–पत्र रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: