हिंसा सहदा अस्पताल भर्ना


प्रकाशित मिति :2017-06-05 13:02:44

महिला खबर

रामेछाप । मन्थली नगरपालिका १ निवासी ५२ वर्षिया राधा कुमारी घिमिरे श्रीमानको कुटाईबाट घाईते भएकी छिन् ।

५५ बर्षिय श्रीमान थरहरी घिमिरेले गोजीबाट पैसा झिकेको आरोपमा कुटपिट गरेका हुन् । श्रीमानको कुटाईबाट सख्त घाइते राधा उपचारको लागि अस्पताल भर्ना भएकी छिन् ।

उनको सदरमुकाम मन्थलीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेके अस्पताल स्रोतले जानकारी दिएको छ ।

श्रीमानले कुट्ने क्रममा ढोकामा ठोक्किएर उनको टाउकोमा चोट लागेको थियो । कुटपिटको आरोपमा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

सदरमुकाम मन्थलीमा बसेर मासु पसलको व्यावसाय गर्दै आएका उनीहरुबीच दैनिक जसो झगडा हुने गरेको थियो ।

श्रीमान सधै रक्सी खाएर आउने र केही न केही निहुँले कुटपिट गर्ने गरेको राधा बताउँछिन । ‘सधै कुटपिट गर्थे,अहिलेसम्म सहेर बस्दै आएकी थिएँ, आज त रक्सीको सुरमा निर्घात कुटपिट गरे, कुट्ने र लछार्ने गर्दा ढोकामा ठोकिन पुगे टाउकोमा ठूलै चोट लागेपछि अस्पतालमा उपचार गराउन आएँ’ – राधाले भनिन् । उनले आफुले धेरै हिंसा सहेका कारण अस्पतालकोे वेडसम्म पुग्नुपर्ने अवस्था आएको बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: