नमुना मतदान गर्दै सुत्केरी


प्रकाशित मिति :2017-06-05 14:09:54

पार्वती पाण्डे

कपिलवस्तु । जेठको अत्यधिक गर्मी काँखमा बच्चा लिएर वुङचीकि मानदेवी थारु नमुना मतदान गर्ने स्थानमा पुगिन । टंटालापुर घामलाई कुनै प्रवाह नगरि उनी नमुना मतदान स्थल वाणगंगा नगरपालिकामा पुगेकि थिइन ।

२० वर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा आफुले राखेको मत बदर नहोस भन्दै उनी नमुना मतदान केन्द्रमा सहभागी हुदै मतपत्र खसालेकि थिइन । यसरी मत दिए पछि अव असार १४ गते दिने भोटमा आफ्नो मतपत्र बदर नहुनेमा उनी ढुक्क छिन् । करैलियाकि लक्ष्मी चौधरी पनि टंटलापुरे घाममा पसिना पुछ्दै नमुना मतदान स्थलमा पुगेकि थिइन ।

आफुले दिएको मत खेर नजाओस् ,बदर नहोस भन्दै नमुना मतदान केन्द्रमा भाग लिन आएको उनले बताईन् । पटनाकि सञ्जु खनाल पनि घामको कुनै प्रवाह नगरी नमुना मतदान केन्द्रमा पुगी मत खसालिन ।

निर्वाचनको झल्को दिने गरि मतदान स्थल तय गरिएको थियो । इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु घर्ती , निर्वाचन अधिकृत तुलशीराम मरासीनी , सुरक्षाकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।

नमुना मतदानमा कुल ५६ मत खसेको जसमा ३ मत मात्र बदर भएको निर्वाचन कार्यालयका नासु यज्ञ प्रसाद अर्यालले जानकारी दिनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: